• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झाँक्री पक्राउका साढे ५ घण्टा : प्रहरीका ४ प्रश्नमा झाँक्रीको लिखित उत्तर, अनि खुल्यो रिहाइको बाटो

रातभरको निगरानीपछि दिउँसो पक्राउ
64x64
नारायण अधिकारी बिहीबार, माघ २९, २०७७  २१:१३
1140x725

काठमाडौं- नेकपा नेता रामकुमारी झाक्री साढे ५ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटिन्। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गोरखामा अभिव्यक्ति दिएको आरोपमा बिहीबार दिउँसो १ बजे झाँक्री आफ्नै निवास शंखमूलबाट पक्राउ परेकी थिइन्। 

अनमेसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीमाथि कारबाहीको माग गरेको थियो। उक्त ज्ञापनपत्रसहित गृहले प्रहरीलाई 'कानुन बमोजिम कारबाही गर्नू' भनी लेखी पठाएको थियो। गृहको निर्देशनअनुसार नै बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गरेको हो। 

गृहको निर्देशनपछि झाँक्रीको निगरानीका लागि बुधबार रातिबाटै प्रहरी परिचालन भएको थियो। झाँक्रीको निगरानी नभई उनी उपत्यका बाहिर गएको अवस्थामा प्रहरीले गृहलाई दिने जवाफ थिएन। जसकारण रातभर निगरानी गरी पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ। 

बिहीबार बिहान करिब ९ बजेतिर महाशाखाका एसएसपी दीपक थापाले झाँक्रीलाई फोन गरेर प्रहरी कार्यालयमा उपस्थित हुन भनेका थिए। तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो। त्यसविरुद्ध नेकपाका कार्यकर्ताले अवरोध गरेपछि झाँक्री पक्राउ गर्न केही समय ढिला भएको थियो। 

दिउँसो १ बजे प्रहरीले घरबाटै उनलाई पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो। सवा १ बजे उनलाई महाशाखा ल्याइयो। 

महाशाखामा करिब ५ घण्टा राखिएपछि उनी रिहा भइन्। उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत पुगेका थिए। 

झाँक्रीलाई लिखित सोधपुछ गरेर छाडिएको महाशाखाका एसएसपी थापाले बताए। सोधपुछका क्रममा उनलाई ४ वटा प्रश्न सोधिएको र त्यसको लिखित जवाफ दिएपछि रिहा गरिएको थापाको भनाइ छ। 

प्रहरीका ४ सवालमा झाँक्रीका जवाफ
सवाल १ : तपाईले मिति २०७४।१०।१६ गते गोरखा जिल्ला सिरानचोक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनु भएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो? कुन सन्दर्भमा उक्त अभिव्यक्ति व्यक्त गर्नु भएको हो? खुलाई लेखी दिनुहोस्। 
जबाफ १ :
मिति २०७७/१०/१६ गते गोरखा जिल्लाका सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखी सुनी पाएँ। म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघटन पछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ। म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्तताको हक अन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुँ। 

Ncell 2
Ncell 2
nimb
nimb

सवाल २ : अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्युलाई सम्बोधन गरी मिति २०७७।१०।२१ गते दिएको ज्ञापन पत्र पढी वाची सुनाइन्छ। ज्ञापनपत्रको व्यहोरा के कसो हो? खुलाई लेखी दिनुहोस्। 
जवाफ २ :
अखिल नेपाल महिला संघले माननीय मन्त्रीज्यूलाई सम्बोध गरी  दिएको ज्ञापन पत्र मैले पढी वाची सुनी हेरी पाएँ। व्यहोरा बुझेँ। उक्त ज्ञापनपत्र दिने व्यक्तिहरूलाई म खासै चिन्दिनँ। निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन् मलाई थाहा भएन। मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्र प्रति मेरो सदैव सम्मान छ र रहने छ। 

सवाल ३ : तपाईले गोरखा जिल्लाको सिरानचोक गाउपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्युको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्युको गरिमामाथि नै आँच पुर‍याउने, धम्की दिने किसिमका अभिव्यक्तिहरु हुन/होइनन्। खुलाई लेखी दिनुहोस्। 

जवाफ ३ : मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेको अभिवक्यक्तिहरू राजनीतिक अभिव्यक्ति हुन्। संवैधानिक राष्ट्रपति प्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने छ। सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ। 

सवाल ४ : तपाईको अन्य केही भन्न बाँकी भए खुलाई लेखी दिनुहोस्।
जवाफ ४ :
मैले नेपालको संविधान, प्रचालित कानूनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनितिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ।


000

प्रहरीको प्रश्न र झाँक्रीको उत्तर टिपोट तयार पारी उक्त पत्रमा हस्ताक्षर गरेपछि साढे ५ घण्टापछि उनी रिहा भएकी हुन्। 

नेकपाका नेताकार्यकर्तालाई झाँक्रीको जिम्मा लगाएर प्रहरीले छोड्न खाजेको थियो। तर नेताहरुले जिम्मा लिन मानेनन्। 

'भोलि प्रधानमन्त्री पक्राउ पर्लान् रे! रिहा हुने बेलामा प्रहरीले कसैको जिम्मामा छाड्नुपर्ने अवस्था आउला। त्यसको जिम्मा कुनै नेताले लिने कुरा हुन्छ?,' नेकपा नेता सुरेन्द्र पाण्डेले प्रहरीलाई प्रतिप्रश्न गरेका थिए। 

अन्ततः नेकपा नेताले जिम्मा नलिएपछि उनका श्रीमान् पशुपति पुरीको जिम्मा लगाएर झाँक्रीलाई रिहा गरिएको छ। रिहाइपछि झाँक्रीले छोटो प्रतिक्रिया दिँदै प्रतिगमनविरुद्ध पुनः लड्ने बताइन्।

थप समाचार:
'राज्यद्रोह'को आरोपमा समातिएकी रामकुमारी झाँक्री प्रहरी हिरासतमुक्त

झाँक्री पक्राउ : अभिव्यक्ति स्वतन्त्रता तर्साउने सरकारको दाउ

रामकुमारी झाँक्री पक्राउ परेपछि बाबुरामले भने- सरकारको काल आएकै हो ? 

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन्- यो अन्तिम लडाईं हो

झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप : रामचन्द्र पौडेल

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

रामकुमारीलाई भेट्न अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

‘राज्य विरुद्धको कसुर’ लाग्ने गरी गोरखामा के भनेकी थिइन् झाँक्रीले?

गगन थापाले भने- प्रश्न गर्नेलाई रोक्ने उहिले महाराजा, अहिले राष्ट्रपति ! 

रामकुमारी झाँक्रीलाई अपराध महाशाखा लगियो [तस्बिरहरू]

नेकपा नेता झाँक्रीविरुद्ध लगाइएको कसुर के, सजाय कति ?

हामीले कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियौं : झाँक्री

रामकुमारी झाँक्रीले गिरफ्तारी दिइन्

रामकुमारी निवासमा प्रहरी र कार्यकर्ताको ठेलमठेल [तस्बिरहरू]

नेकपा नेता झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमायो, राज्य विरुद्धको कसुर

झाँक्री निवास : समर्थक आक्रोशित, प्रहरी अघि बढ्न सकेन

प्रहरीलाई रामकुमारीले भनिन्- ‘मलाई पक्राउ गर्ने हो भने पक्राउ पूर्जी लिएर आउनू’

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि नेताहरुको विरोध

रामकुमारीलाई पक्रन प्रहरी पुगेपछि नारायणकाजीले भने : ‘निरंकुश प्रवृत्तिले नाङगो व्यवहार देखायो, हामी यत्तिकै छोड्दैनौं’

नेकपा नेता झाँक्री निवासमा प्रहरी र नेकपा कार्यकर्ताबीच तनाव

नेकपा नेता झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि कार्यकर्ताको नाराबाजी

झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली पुग्यो निवासमा

रामकुमारी झाँक्रीलाई बोलायो प्रहरीले

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  २१:१३
  • #रामकुमारी_झाँक्री

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्