काठमाडौं- बिचाैलिया इनम सापकोटासंगकाे कनेक्सन बाहिरिएपछि चिन्तित प्रधानन्यायाधीश डा. मनाेज शर्माले बाेलाएकाे फूल काेर्टकाे बैठक अर्काे बैठक बस्ने गरि टुंगिएको छ।
शुक्रबारकाे बैठकमा आराेपित न्यायाधीश हरि फुयालका साथै नित्यानन्द पाण्डेय, मेघराज पाेखरेल, महेश शर्मा पाैडेल, श्रीकान्त पाैडेल, शारंगा सुवेदी लगायतले आफ्ना कुरा राखे।
बैठकमा सहभागी एक न्यायाधीशका अनुसार बैठकमा सर्वाेच्चवाटै छानबिन समिति गठनकाे कुरा आयाे। संसदले के गर्छ उसकाे कुरा तर हामी आफै आन्तरिक रुपमा पनि छानविन गराै भन्ने राय आयाे ।
फुउालले इनम आफूहरुसंग प्रधानमन्त्रीकाे नाम लिएर आएकाले कुरा गरेकाे भन्दै कुनै प्रभाव वा न्यायिक विचलनकाे काम नभएकाे दाबी गरे ।
अन्य न्यायाधीशहरुले प्रश्न उठेका सवै विषयमा छानविन गरेर प्रष्ट पार्न माग गरे।
आगामी साेमबार पुन: फुलकोर्टकाे बैठक बस्ने गरि न्यायाधीशहरू बेञ्चमा लागे ।
सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको थियोे ।
बैठकमा प्रधानन्यायाधीश डा. शर्मासहित अरु न्यायाधीशहरू सहभागी भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।