काठमाडौं - दैलेखमा प्रहार गर्दा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाकाे मृत्यु भएकाे छ ।
आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका थिए ।
उक्त घटनामा उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको थियो । गम्भीर घाइते भएकी श्रीमती मनिषाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने उपचार भइरहेको छ ।
याे पनि
https://nepallive.com/story/353236
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।