काठमाडौं – आफैंलाई गोली प्रहार गरेका उच्च अदालत पाटनका न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) प्रहरी हवल्दार डोलनाथ ढकालको मृत्यु भएको छ ।
बिहीबार साँझ आफैलाई गोली हानेका ढकाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी टोखा बस्थे । न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुमान भए पनि घट्नाको कारण भने खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।