काठमाडौँ– स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।
उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
कांग्रेसका नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने भएका हुन्।