जाजरकोट - जाजरकोटको कुशे गाउँपालिका-२ निवासी १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याइएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो।
दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्याका कारण जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले आपत्कालीन अवस्थामा जीवन रक्षा गर्न सहयोग पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।