• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ८, २०८३  १२:४१
1140x725

बसन्तकुमार उपाध्याय

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सन्तुलनको राजनीति र विशवासिलो कुटनीतिलाई अघि बढाउने प्रयासमा सम्पन्न भएको छ । प्रधानमन्त्री शाहको भ्रमणमा दुवै देश राजनीतिक रुपमा स्थापीत सम्बन्धमा एक हदसम्म टक्क अडिएको छ । यहाँबाट अघि बढ्न दुवैपक्षबाट जनाईएका प्रतिबद्धता के के र कति कार्यान्वयन भए भन्ने विषयले आगामी दिनमा सम्बन्ध कस्तो हुनेछ भन्ने तय हुने देखिन्छ । यस पटक अघिल्ला संस्करण मध्ये राजनीतिक संवाद र परराष्ट्र सम्बन्धलाई स्थापित गर्न सन्तुलित प्रयास भएको छ ।

यसपटकको भ्रमणमा भारतको सुरक्षा संयन्त्र प्रत्यक्ष रुपमा सहभागी देखिएन् । प्रधानमन्त्री शाहका भेटघाट राजनीतिक र सरकार प्रमुखको स्तरका भएका छन् ।

दुई पक्षीय भेटघाटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल देखिएन् । परराष्ट्र विभाग र राजनीतक नेतृत्वबीच भएको भेटघाट र छलफलले दुई देश बीच राजनीतिक सम्बन्धलाई महत्वका साथ स्थापित गरेको देखिन्छ ।

विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको छ । राष्ट्रवादका नाममा छिमेकीसँग वादविवाद भन्दा पनि विद्यमान समस्यालाई आपसी सहमति र समझदारीमा निष्कर्षमा पु-याउने प्रयास भएको बुझिन्छन् ।

नेपालमा आईआईटीको शाखा खुल्ने, नेपाल र भारतका शहर बीच हवाई सेवा, रेल सेवा र आर्थिक सहायताको कार्यक्रमले प्राथमिकता पाउनु भ्रमणको सकारात्मक पक्ष हो । उपलब्धिका रुपमा अत्यन्तै ठुलो उपलब्धि नभए पनि चुकेको पनि उति खास देखिएन् । मुलतः दुवै प्रधानमन्त्रीबीचको बडी ल्याङ्गवेज र विश्वासको वातावरण बनाउने कडीका रुपमा हेर्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घनिष्ठ मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता जनाएका छन् । दुवै प्रधानमन्त्रीले ’विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोण सार्वजनिक हुनु सकारात्मक पक्ष हो । संयुक्त दृष्टिकोणसम्बन्धी वक्तव्यले भारत र नेपालबीचको सम्बन्ध विश्वासको वातावरण बनाउन सहयोग गरेको छ।

आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरूले मजवुत साथ पाएको देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउन सहमत भएको थपफ सकारात्मक विषय हो ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी)तथा पेट्रोलियम पाइपलाइन स्थापनाका लागि गरिएका प्रतिबद्धताहरु स्रहानिय छन् । त्यसका अलावा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका विषयलाई सम्बोधन भएका छन् । दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीचको सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेपछी धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको छ । दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल (स्याटकम)स्थापना गर्ने विषयमा समझदारी कायम हुनुले पनि नेपाललाई अवसर प्राप्त भएको दखिन्छ ।

यी र यस्ता विषयहरु अहिलेको टड्कारो आवश्यकता हो । दुवै देशका प्रधानमन्त्रीद्वय शाह र मोदीका भेटमा भारतीय पक्षबाट त्यहाँका पावरफुल राष्ट्रिय सुरक्षा सलाहकार र अन्य इन्टेलिजेन्स एजेन्सीको प्रत्यक्ष सहभागिता देखिएन् । यसर्थ, भ्रमण आपसी विश्वास र राजनीतिक तहमा त्यसलाई विस्तार गर्न परराष्ट्र स्तरमा केन्द्रित भएको सकारात्मक पक्ष हो ।

जेनजी मुभमेन्टबाट सत्तामा पुगेका प्रधानमन्त्री शाहसँग भारतले पनि पुरातन खुफिया स्कूलिङलाई बदल्दै युवा सोंचलाई सम्मान गर्न खोजेको अनुभुति गर्न सकिन्छ । नेपाल भारत सम्बन्धका कैयौं आयाम छन् । सन्धि, सम्झौता र सहमतिका अग्ला पर्खाल भित्र अविश्वसाको बढ्दो खाडललाई बढावा नदिएर सौम्य र सौहाद्रपुर्ण द्विपक्षीय सम्बन्ध अघि बढाउने दुवै देशबाट भएका प्रयासहरु भविष्यको सम्बन्धलाई मजवुद गर्न आशावादी देखिन्छन् । पुराना डक्ट्रिन र आधारहरुका सकारात्मक पक्षलाई अनुसरण गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि यो भ्रमण अर्थपुर्ण भएको देखिन्छ । त्यसमाथि दुवै प्रधानमन्त्रीबीच भएको वान अन वान कुराकानीमा द्विपक्षीय सम्बन्ध अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषयमा भएका अर्थपुर्ण छलफलले उत्साह थपेको देखिन्छ। निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने आधार समेत तय भएको बुझ्न सकिन्छ ।

देश भित्रको उग्र राष्ट्रवादको छाँया र भारतीय पक्षको माइक्रो म्यानेजमेन्टको उत्कण्ठालाई यसपटकको भ्रमणले सफा गरेको समेत बुझ्न सकिन्छ । राजनीतिक तहमा दुई नेताहरुको समझदारीलाई दुवै देशका नागरिक तहसम्म सञ्चार गराउँदै द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने भ्रमण फलदायी देखिन्छ । यद्यपि, यस अघि प्रधानमन्त्री शाहले व्यक्त गर्ने राष्ट्रवादको शैली र भारतीय पक्षको डोमिनेट डिप्लोमेसीले मान्यता नपाएको अर्थमा समेत व्याख्या गरिनुपर्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बदलिंदो वैश्विक शक्ति सन्तुलन,उर्जा संकट,युद्धको विश्व परिवेश र डाटामा भईरहेका वैश्विक उतारचढावको राजनीतिक संकटलाई दुवै नेताहरुले मिहिन ढङ्गले छलफल गरेको बुझिएको छ ।

समग्रमा भन्नुपर्दा धेरै ठुलो उपलब्धि त्यति नभएपनि विश्वासको सम्बन्ध स्थापित गर्न प्रधानमन्त्री शाहले प्रयास गरेको लेख्न सकिन्छ । विरोधका लागि विरोध गर्नलाई त थुप्रै कमी कमजोरी उपलब्ध छन तर भ्रमणबाट नेपाललाई क्षति पुगेको अवस्था रहेन् ।

-सन्चारकर्मी एवम लेखक उपाध्याय राजनीतिक विश्लेषणमा पनि रुचि राख्दछन । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही
सम्बन्धित सामग्री
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको... मंगलबार, मंसिर ८, २०८३
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण अहिले देखिएको लोकप्रियता र उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै हो । भारतसँगको सम्बन्धलाई सन्तुलित ब... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा रहँदा आफ्नो जीवनको कूटनीतिक र राजनीतिक स्वरूपको रियल साइज र डाइमेन्सनल साइजको अग्निपरीक्षाम... शनिबार, मंसिर ५, २०८३
ताजा समाचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ मंगलबार, मंसिर ८, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही मंगलबार, मंसिर ८, २०८३
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, मंसिर ८, २०८३
मुक्तिनाथ यात्रामा डोलीको सहारा मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्