काठमाडौं - सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार योञ्जनले ढोकाको लक समातेर बसेका थिए । सोही क्रममा अचानक लक खुलेपछि उनी जिपको ढोकाबाट खसेर घाइते भएका थिए ।
घाइते योञ्जनलाई सोही जिपमा राखेर उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको थियो । तर, बिहान ९ः५० बजे उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले जिप र चालक सिन्धुलीको कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।