काठमाडौं– प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ बुधबार सारिएको छ ।
प्रहरी प्रधान कार्यलयका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीले आईजीपी मनोज केसीले म्याद तामेल नभएको जानकारी दिएका छन् । बहसका क्रममा इजलासमा म्याद तामेल नभएको विषय उठेपछि सुनवाइ सरेको हो । अब उनको मुद्दामा बुधबार सुनुवाइ हुनेछ ।
यसअघि सर्वोच्चले कार्कीको मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
महान्यायधिवक्तालाई बोलाएर म्याद तामेली हुने सुनिश्चितता हुने गरी आदेश गर्ने तयारी भइरहेको थियो । प्रधानमन्त्री कार्यलयबाट मनोज केसीलाई आईजीपी बनाउने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको फाइल अर्को पेसीमा पेस गर्ने सुनिश्चितता गर्न महान्यायधिवक्तालाई इजलासले निर्देशन दिएको छ ।
सर्वोच्चले सरकारका नाममा बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।
सरकारले १८ कात्तिकमा कार्कीलाई पदबाट हटाउँदै केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।