काठमाडौं–बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध बैंकिङ कसुरको अनुसन्धानका लागि अदालतले पक्राउ अनुमति दिएको छ । आखिर के कारणले उनी प्रहरीको अनुसन्धानको दायरामा तानिए ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रारम्भिक अनुसन्धानअनुसार बानियाँ र उनका छोराले प्रभु बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आशंका छ ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा लिइएको उक्त ऋण तोकिएको प्रयोजनमा खर्च नगरी अन्य बैंक खातामा सारिएको र सेयरमा लगानी गरिएको प्रहरीको निष्कर्ष छ ।
यसै प्रकरणमा सीआईबीले गत कात्तिक १६ गते बानियाँका छोरा दिक्षान्तलाई पक्राउ गरेको थियो । छोरामाथि अनुसन्धान अघि बढाउने क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएपछि उनीविरुद्ध गत साता नै पक्राउ अनुमति लिइएको हो ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले कर्जा जुन प्रयोजनका लागि लिइएको हो, त्यसविपरीत प्रयोग गर्न निषेध गरेको छ ।
२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।