• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २८, २०८३  २१:३६
1140x725

-रोशन पाण्डे

नेपालको राजनीतिमा कहिलेकाहीँ एउटा प्रशासनिक वा संस्थागत निर्णयले सत्ता समीकरण नै बदलिदिन्छ। अहिले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको प्रकरण पनि त्यस्तै राजनीतिक मोडतर्फ अघि बढ्न सक्ने संकेत देखिन्छ। यो केवल एक जना प्रहरी प्रमुखको पद र जिम्मेवारीको विषय होइन, राज्यका संवैधानिक संस्था, राजनीतिक नेतृत्व र शक्ति सन्तुलनसँग जोडिएको विषय हो।

हिजो प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनुपर्ने अवस्थामा पुर्‍याएको थियो। आज आईजीपी दानबहादुर कार्की प्रकरणले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई त्यस्तै गम्भीर राजनीतिक संकटमा पुर्‍याउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ।

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदबाट हटाउने निर्णय गरे। तर तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सरकारको निर्णय कार्यान्वयन हुन दिएनन्। त्यसपछि सरकार र राष्ट्रपतिबीच संवैधानिक टकराव उत्पन्न भयो र अन्ततः प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो।

आजको आईजीपी प्रकरण पनि त्यही प्रकृतिको संस्थागत टकरावतर्फ अघि बढ्न सक्छ। तर यसपटक परिस्थिति र पात्र फरक छन्। तत्कालीन प्रचण्डसँग राष्ट्रपतिको संवैधानिक प्रतिरोध थियो भने अहिले प्रधानमन्त्री बालेन शाहका लागि अदालत र आफ्नै दलभित्रको राजनीतिक समीकरण मुख्य चुनौती बन्न सक्छ।

यदि अदालतले कार्कीको पक्षमा फैसला गर्‍यो र सरकारको निर्णय बदर भयो भने प्रधानमन्त्री बालेन शाहका लागि त्यो सामान्य कानुनी पराजय मात्र हुने छैन। त्यो सरकारको राजनीतिक निर्णयमाथिको गम्भीर प्रश्न हुनेछ।

अदालतको निर्णय आफ्नो अनुकूल नआए प्रधानमन्त्री बालेन शाहले कस्तो राजनीतिक बाटो रोज्लान्? यो अहिलेको सबैभन्दा रोचक प्रश्न हो।

एउटा सम्भावना के हुन सक्छ भने प्रधानमन्त्रीले आफ्नो निर्णयलाई राजनीतिक र प्रशासनिक आवश्यकताको विषय भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाउन सक्छन्। त्यसपछि न्यायालयको भूमिकालाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र महाअभियोगको प्रस्तावसम्मको बहस सुरु हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर प्रधानन्यायाधीश वा न्यायाधीशविरुद्ध महाअभियोग अघि बढाउनु सामान्य राजनीतिक निर्णय होइन। त्यसका लागि संविधानले तोकेको प्रक्रिया र संसदीय समर्थन आवश्यक हुन्छ। दुईतिहाइको सरकार हुनु र न्यायालयसँग टकराव गर्न सक्ने राजनीतिक परिस्थिति हुनु फरक विषय हुन्।

यदि पार्टीभित्रै यस विषयमा सहमति जुटेन भने प्रधानमन्त्री र पार्टी नेतृत्वबीचको दूरी झन् बढ्न सक्छ।

अर्को सम्भावना संसद् विघटनको हुन सक्छ। प्रधानमन्त्रीले पार्टीभित्र आफ्नो राजनीतिक निर्णयमा समर्थन नपाएको अवस्थामा संसद् विघटन गरेर नयाँ जनादेशमा जाने बाटो रोज्न सक्छन्।

तर नेपालको संवैधानिक व्यवस्था र विगतमा सर्वोच्च अदालतले स्थापित गरेका नजिर हेर्दा संसद् विघटन प्रधानमन्त्रीको व्यक्तिगत राजनीतिक अधिकार मात्र होइन। २०७७ र २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै पुनःस्थापना गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले बालेन सरकारले संसद् विघटनको बाटो रोजे पनि अदालतबाट त्यसले वैधानिकता पाउने सुनिश्चितता छैन।

यदि फेरि संसद् विघटन भयो र अदालतले त्यसलाई बदर गर्दै संसद् पुनःस्थापना गरिदियो भने राजनीतिक समीकरण पूर्ण रूपमा बदलिन सक्छ।

यहीँबाट राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको अर्को शक्ति संघर्ष सतहमा आउन सक्छ। प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा शक्ति सन्तुलनले आगामी राजनीतिक घटनाक्रम निर्धारण गर्न सक्छ।

यदि बालेन शाह र रवि लामिछानेबीचको राजनीतिक दूरी बढ्दै गयो भने रविले पार्टीभित्र आफ्नो छुट्टै शक्ति केन्द्र निर्माण गर्ने प्रयास गर्न सक्छन्।

रविको व्यक्तिगत कानुनी मुद्दा र राजनीतिक अवस्थाले पनि उनको निर्णयलाई प्रभावित गर्न सक्छ। यस्तो अवस्थामा सभामुख डीबी अर्याललाई सभामुख पदबाट राजीनामा गराएर पार्टीको संसदीय राजनीतिमा नयाँ भूमिका दिने र उनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा हुन सक्छ।

यद्यपि, यो अहिलेको अवस्थामा एउटा राजनीतिक अनुमान मात्र हो। सभामुखले प्रधानमन्त्री बन्न चाहेमा पहिले सभामुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो संवैधानिक हैसियत कायम गर्नुपर्ने हुन्छ। त्यस्तै, प्रधानमन्त्री चयनका लागि संविधानको धारा ७६ अनुसारको संसदीय प्रक्रिया पूरा गर्नुपर्छ।

अन्त्यमा, एउटा आईजीपीको प्रश्नले दुईतिहाइको सरकार हल्लाउन सक्छ?

आजको मूल प्रश्न कार्की आईजीपी रहन्छन् कि मनोज केसी भन्ने मात्र होइन। प्रश्न राज्यका संस्थाहरू राजनीतिक नेतृत्वको इच्छाअनुसार चल्ने कि कानुन र विधिअनुसार भन्ने हो।

दुईतिहाइको जनमत प्राप्त सरकारले पनि संविधानभन्दा माथि रहेर निर्णय गर्न पाउँदैन। त्यस्तै, अदालतले पनि आफ्नो संवैधानिक सीमाभित्र रहेर न्यायिक निर्णय गर्नुपर्छ। प्रहरी संगठन कुनै राजनीतिक दलको आन्तरिक शक्ति संघर्षको मैदान बन्नु हुँदैन।

कटुवाल प्रकरणले एउटा शक्तिशाली प्रधानमन्त्रीलाई सत्ता छाड्न बाध्य बनाएको इतिहास छ। अहिलेको आईजीपी प्रकरणले पनि त्यस्तै राजनीतिक मोड लिन्छ कि लिँदैन, त्यो आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

तर एउटा कुरा निश्चित छ—राज्यका संस्थामाथिको राजनीतिक हस्तक्षेप, अदालतसँगको टकराव र पार्टीभित्रको शक्ति संघर्ष एकै ठाउँमा मिसिए भने दुईतिहाइको सरकार पनि राजनीतिक रूपमा कमजोर हुन सक्छ।

दानबहादुर कार्की प्रकरण एउटा प्रहरी प्रमुखको पदबाट सुरु भएको विवाद हो। तर यसको अन्त्य प्रधानमन्त्री बालेन शाहको राजनीतिक भविष्य, रवि लामिछानेको पार्टीभित्रको भूमिका र राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता समीकरणसम्म पुग्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

इतिहास सधैँ दोहोरिँदैन, तर इतिहासबाट पाठ नसिक्ने नेतृत्वले उस्तै गल्ती दोहोर्‍याउन सक्छ।

संसदीय बहुमतले सरकार बनाउन सक्छ, दुईतिहाइले कानुन संशोधन गर्न सक्छ, तर राज्यका संवैधानिक संस्थालाई आफ्नो इच्छाअनुसार सञ्चालन गर्ने अधिकार कुनै पनि सरकारलाई हुँदैन। इतिहासमा धेरै शक्तिशाली सरकारहरू एउटा निर्णयका कारण धराशायी भएका छन्। 

लेखक पाण्डे नेपाली कांग्रेसका युवा नेता हुन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश,विराटनगर आउट
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
सम्बन्धित सामग्री
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? हिजो प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनुपर्ने अवस्थामा पुर्‍याए... शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा सरकारले सम्बन्धित मन्त्रालय, यातायात व्यवस्था विभाग, प्रदेश तथा स्थानीय सरकार, राइड शेयरिङ कम्पनी, राइडर प्रतिनिधि र उपभोक्ता अधिकार... शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिनुभयो । त्यस पश्चात् वर्... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश,विराटनगर आउट शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्