• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ

64x64
नेपाल लाइभ बिहीबार, असोज २४, २०८१  ११:००
1140x725

दशैं, तिहार लगायतका महत्त्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन्। चाडपर्व मनाउन सर्वसाधारणहरु घर फर्किरहेका छन्। चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरबाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ। खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ।

गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु भइसकेको छ। यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र स्वास्थ्यका दृष्टिकोणले के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश:

चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने?
चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैं तिहारको बीचमा आउने गर्नुहुन्छ। यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ। हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेस्ट्रोलका बिरामीहरु पनि दशैं, तिहार पछाडि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेस्ट्रोलको मात्रा बढेको हामीले भेट्छौँ। युरिक एसिड बढेको हुन्छ। त्यसैले दशैंमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ। जसलाई स्वास्थ्य जोखिम भएको छ, उहाँहरुले ठिक्क मात्रामा मात्रै माछा–मासु खानुपर्छ। आवश्यकताभन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ। खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ। 

खाना सँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ। कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ। धेरैजसो दही, बाहिरका मिठाइहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरु पनि देखेका छौँ। खाना त खानुपर्छ, तर  चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ। स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन। खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ। चाडपर्व आउँदा धेरै नै खाएको पायौँ। अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो। त्यस्तो पनि हामीले देख्छौँ। चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएका बिरामीहरु पनि हामीले भेट्छौँ। त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ।

नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले के–के कुरामा ख्याल गर्नुपर्छ? 
नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेस्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुपर्‍यो। यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप (निगरानी)मा नगएको पनि हामीले देखेका छौँ। औषधि पनि नखाने, खाना पनि सन्तुलित रुपमा नखाने गर्दा स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ। दशैं, तिहारको बेला काठमाडौं (आफू बसेको शहर) बाहिर जादैँ हुनुहुन्छ, फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ।

उच्च रक्तचाप, मधुमेह लगायतको समस्या भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि?
माछा मासु खानै नहुने होइन। हामीले कोलेस्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ। तर मासु खाँदै नखाने भन्ने होइन। रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन्। भिटामिन–१२ त्यसमै हुन्छ। खाँदै नखाँदाखेरी कोलेस्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन–१२ डिफिसियन्सी भएर कमजोरी हुन्छ। १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन। रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ। यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ। माछा–मासु खानै नहुने भन्ने होइन, तर सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ। अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ। जाडो महिना आयो, डेंगु लाग्दैन भनेर हेलचेक्र्याइँ भएको हो कि भन्ने मलाई लाग्यो। तर पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझै पनि भेटिरहेका छौँ।

चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ। डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस्। कार्तिक महिनाभरी डेंगुको डर छ। त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा। वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडि फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ। फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ। जहाँ गएर लगाउँदा पनि हुन्छ। सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ। ज्येष्ठ नागरिक, बालबालिकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन। 

सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालमा अहिले सरुवा रोगका बिरामीहरुको चाप बढेको हो? 
सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ। हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडि। अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ। उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ।

इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो। कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ। भएको चाहिँ भाइरल निमोनिया नै हो। सुरु भएको त रुघाखोकीबाट नै हो। त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ। सिजनल फ्लू भनेर भन्छौँ नि हामीले, नेपालमा वर्षमा दुई पटक आउँछ। सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण भाइरसबाट हुने, यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो कि जस्तो लाग्छ।

अझै पनि मकहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन। म बुझाउन प्रयास गरिरहेको हुन्छु। यो लगाउनुपर्छ भनेर, तर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु। हेल्थ प्रोफेसन मात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ। संक्रमणको दर बढेको छ। इन्फ्लुएन्जा लागेर, निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ। यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो।

अहिले डेंगु संक्रमितको संख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला?
डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ। यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ। लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनु हुँदैन। डेंगु लागिसकेपछि के गर्ने? भन्नेकुरा आउँछ। सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा २ घण्टा अगाडि डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन्। त्यतिबेला आफूलाई जोगाउनुपर्छ।

रातिभन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालिकालाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ। यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ। रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने। पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ। ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ। डेंगु सामान्य भाइरल ज्वरो हो। तर यसमा सचेत हुनुपर्छ। आतंकित  हुनुभएन। 

डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल, झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ। सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन। अहिले त जनचेतना अलिक बढेको छ। टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला।

-आर्काइभबाट

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन शनिबार, भदौ २०, २०८३
६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
दुई करोड भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद शनिबार, भदौ २०, २०८३
अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या तीन हजार पार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्