• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ

64x64
नेपाल लाइभ बिहीबार, असोज २४, २०८१  ११:००
1140x725

दशैं, तिहार लगायतका महत्त्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन्। चाडपर्व मनाउन सर्वसाधारणहरु घर फर्किरहेका छन्। चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरबाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ। खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ।

गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु भइसकेको छ। यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र स्वास्थ्यका दृष्टिकोणले के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश:

चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने?
चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैं तिहारको बीचमा आउने गर्नुहुन्छ। यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ। हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेस्ट्रोलका बिरामीहरु पनि दशैं, तिहार पछाडि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेस्ट्रोलको मात्रा बढेको हामीले भेट्छौँ। युरिक एसिड बढेको हुन्छ। त्यसैले दशैंमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ। जसलाई स्वास्थ्य जोखिम भएको छ, उहाँहरुले ठिक्क मात्रामा मात्रै माछा–मासु खानुपर्छ। आवश्यकताभन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ। खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ। 

खाना सँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ। कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ। धेरैजसो दही, बाहिरका मिठाइहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरु पनि देखेका छौँ। खाना त खानुपर्छ, तर  चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ। स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन। खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ। चाडपर्व आउँदा धेरै नै खाएको पायौँ। अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो। त्यस्तो पनि हामीले देख्छौँ। चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएका बिरामीहरु पनि हामीले भेट्छौँ। त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ।

नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले के–के कुरामा ख्याल गर्नुपर्छ? 
नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेस्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुपर्‍यो। यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप (निगरानी)मा नगएको पनि हामीले देखेका छौँ। औषधि पनि नखाने, खाना पनि सन्तुलित रुपमा नखाने गर्दा स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ। दशैं, तिहारको बेला काठमाडौं (आफू बसेको शहर) बाहिर जादैँ हुनुहुन्छ, फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ।

उच्च रक्तचाप, मधुमेह लगायतको समस्या भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि?
माछा मासु खानै नहुने होइन। हामीले कोलेस्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ। तर मासु खाँदै नखाने भन्ने होइन। रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन्। भिटामिन–१२ त्यसमै हुन्छ। खाँदै नखाँदाखेरी कोलेस्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन–१२ डिफिसियन्सी भएर कमजोरी हुन्छ। १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन। रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ। यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ। माछा–मासु खानै नहुने भन्ने होइन, तर सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ। अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ। जाडो महिना आयो, डेंगु लाग्दैन भनेर हेलचेक्र्याइँ भएको हो कि भन्ने मलाई लाग्यो। तर पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझै पनि भेटिरहेका छौँ।

चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ। डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस्। कार्तिक महिनाभरी डेंगुको डर छ। त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा। वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडि फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ। फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ। जहाँ गएर लगाउँदा पनि हुन्छ। सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ। ज्येष्ठ नागरिक, बालबालिकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन। 

सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालमा अहिले सरुवा रोगका बिरामीहरुको चाप बढेको हो? 
सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ। हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडि। अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ। उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ।

इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो। कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ। भएको चाहिँ भाइरल निमोनिया नै हो। सुरु भएको त रुघाखोकीबाट नै हो। त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ। सिजनल फ्लू भनेर भन्छौँ नि हामीले, नेपालमा वर्षमा दुई पटक आउँछ। सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण भाइरसबाट हुने, यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो कि जस्तो लाग्छ।

अझै पनि मकहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन। म बुझाउन प्रयास गरिरहेको हुन्छु। यो लगाउनुपर्छ भनेर, तर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु। हेल्थ प्रोफेसन मात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ। संक्रमणको दर बढेको छ। इन्फ्लुएन्जा लागेर, निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ। यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो।

अहिले डेंगु संक्रमितको संख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला?
डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ। यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ। लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनु हुँदैन। डेंगु लागिसकेपछि के गर्ने? भन्नेकुरा आउँछ। सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा २ घण्टा अगाडि डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन्। त्यतिबेला आफूलाई जोगाउनुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रातिभन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालिकालाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ। यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ। रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने। पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ। ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ। डेंगु सामान्य भाइरल ज्वरो हो। तर यसमा सचेत हुनुपर्छ। आतंकित  हुनुभएन। 

डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल, झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ। सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन। अहिले त जनचेतना अलिक बढेको छ। टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला।

-आर्काइभबाट

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्