• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत 

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०८१  ११:३४
1140x725

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुटु, क्यान्सर, मिर्गाैला, श्वासप्रश्वास तथा मानसिक रोगहरु प्रकोपकै रुपमा देखिन थालेका छन्। जलवायु परिवर्तनका विश्वकै चुनौतीको रुपमा खडा हुँदा यसका असरहरुको न्युनकरणका लागि विभिन्न तहका सरकारबीचको समन्वयमा काम गर्नुपर्ने अवस्था छ। 

जलवायु परिवर्तनका कारण नगरबासीको स्वास्थ्यमा परेका असर, नगरप्रमुखका रुपमा स्वास्थ्य क्षेत्रमा भएका काम, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि भोग्नुपरेको चुनौती, स्वास्थ्य क्षेत्रमा भएका सुधार लगायतका विषयमा केन्द्रित भएर जुम्लाको चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :

नगरपालिकाले जनताहरुलाई कसरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ?

संविधानले स्वास्थ्य तथा शिक्षालाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको छ। स्थानीय तहलाई संविधान अनुसार अधिकार सम्पन्न बनाइएको छ। शिक्षा र स्वास्थ्य स्थानीय तहको जिम्मेवारीमा राखिएपनि स्वास्थ्य संस्थाहरुमा पर्याप्त जनशक्ति नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।

नगरपालिकाले भएको स्रोत तथा साधनबाट कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै काम गरिरहेको छ। 

जलवायु परिवर्तनका कारण नगरवासीको स्वास्थ्यमा के कस्तो असर परेको छ ?

जलवायु परिवर्तनका कारण पानी नपर्ने, भुक्षय हुने समस्या देखिन्छ। जसको असर तरकारी तथा अन्नबालीमा पर्ने गर्छ। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा समेत कमी आउने गर्छ। 
जुम्लाको तापक्रम चिसो मौसममा पनि एकदमै गर्मी हुने गरेको छ। यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने गर्छ। 

स्वास्थ्यको कुरा गर्नुपर्दा स्वच्छ खानेपानी महत्वपूर्ण मानिन्छ। जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्दै जाँदा त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न जान्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वच्छ मुलको पानी सुक्दा त्यहाँका जनता अस्वच्छ पानी पिउन बाध्य हुन्छन्, जसले दुषित पानीका कारण झाडापखाला,आउँ जस्ता रोग लाग्न सक्छन्। 

जलवायु परिवर्तनका कारण तराईको गर्मीमा पाइने डेंगु समेत जुम्लामा देखिन थालिसकेको छ। अन्न उत्पादनमा आएको ह्रासका कारण बालबालिकामा कुपोषण बढ्दै गइरहेको छ। 

नगरप्रमुखका रुपमा स्वास्थ्य क्षेत्रमा तपाईंले गरेका कामहरु के-के हुन् ?

स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैभन्दा पहिलो त अनलाइन सेवा मार्फत् स्वास्थ्य सेवा पाउन सक्ने बनाइएको छ। त्यस्तै नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुको सेवामा स्तरवृद्धि गरिएको छ। 
हाल नगरपालिकाभित्र औषधि खरिद लगायत सम्पुर्ण कार्य अनलाइन मार्फत् हुने गरेको छ। क्षयरोगलाई प्राथमिकतामा राखी काम गरेकोमा हाल नगरपालिका क्षयरोगमुक्त भइसकेको छ। 

नगरपालिकामा शुद्ध खानेपानीको व्यवस्थापन समस्याका रुपमा नै देखिएको छ। खानेपानीका कारण विभिन्न सरुवा रोगहरुको जोखिम बढ्दै गएकोले शुद्ध खानेपानीको व्यवस्थापनमा नगरप्रमुखका रुपमा लागि नै राखेको छु। 

नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि कति प्रतिशत बजेट विनियोजन गरेको छ, के–कस्ता स्वास्थ्यका कार्यक्रमहरु नगरपालिकाको मुख्य प्राथमिकतामा परेका छन् ?

स्वास्थ्य तथा शिक्षा स्थानीय तहको जिम्मेवारीमा भनिएपनि बजेट तथा कार्यक्रम भने मन्त्रालय तथा विभागबाट नै तोकिने गर्छन्। माथिल्लो निकायले यकिन गरेको कार्यक्रममा बजेट अपुग हुँदा नगरपालिकाले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गर्दै आइरहेको छ। स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न सक्ने अवस्थामा जुम्लाको चन्दननाथ नगरपालिका छैन। 

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि संघ सरकारबाट के–कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?

पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परिरहेको छ। तर जलवायु परिवर्तन तथा त्यसले मानव स्वास्थ्यमा परेको असर न्युनीकरणका लागि सरकारले बजेट छुट्याएको छैन। त्यस्तै सरकारले हाम्रो हावापानी तथा नगरपालिकालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा बजेट विनियोजन गर्नुपर्ने हुन्छ। 

स्वास्थ्य क्षेत्रमा बजेट नहुँदा गर्न नसकेका केही काम छन् कि ?

आन्तरिक राजस्व बढाएर आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क गर्न खोजेपनि मैले नगरप्रमुखका रुपमा उक्त काम गर्न सकेको छैन। 

सरकारले आधारभुत स्वास्थ्य परीक्षणालााई निःशुल्क भन्दै आएपनि त्यसमा रहेका निश्चित मापदण्डका कारण चन्दननाथ नगरपालिकाले उक्त कार्यक्रमलाई पूर्ण रुपमा लागु गर्न सकेको छैन। 
आधारभूत स्वास्थ्य परीक्षण निशुल्क गर्न नसक्दा विपन्न तथा सीमान्तकृत समुदायले आधारभुत स्वास्थ्य परीक्षण सेवा समेत पाउन सकेका छैनन्। 

सम्पन्न र धनी वर्गका बालबालिकाहरुलाई निजी स्कुलमा पढ्छन्। सरकारी विद्यालयमा कमजोर आयस्रोत भएका तथा विपन्न वर्गका मानिसहरु मात्रै पढ्ने गर्छन्। 

विपन्न वर्गका छोराछोरी पढ्ने सरकारी विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम सही तरिकाबाट सञ्चालन भएको छैन। नेपाल सरकारले दिवा खाजा कार्यक्रममा रैथाने अन्नबाली तथा विषादीरहित खानेकुराको वितरण नगरिएको पाइएको छ। धेरै बच्चाहरुले दिवा खाजा पाइरहेका छैनन्, पाएकाहरुले पनि स्वस्थकर खाजा पाएका छैनन्। जसले विपन्न तथा दलित बालबालिकाहरुमा कुपोषणको तह बढ्दै गएको पाइएको छ। यस्तो रोक्नका लागि नगरपालिकाले एकद्वार प्रणाली लागु गर्नका लागि तथ्यांक संकलनको काम पनि गरिरहेको छ। 

नगरपालिकाले कस्ता स्वास्थ्य कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

चन्दननाथ नगरपालिकाले पूर्ण खोप सुनिश्चिता गरिसकेको  छ। गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै आइरहेको छ। 

नगरपालिकाको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आगामी के–कस्ता योजना बनाउनुभएको छ ?

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ। 

नगरपालिकाभित्र सम्पन्न बाहेक निम्न वर्गका मानिसहरुले स्वास्थ्य बिमा गरेको पाइदैंन। दैनिक गुजारा गर्नसमेत धौ–धौ हुँदा स्वास्थ्य बिमा सेवाबाट वञ्चित भएका परिवारको संख्या ठूलै छ। 

यसका लागि प्रत्येक घर परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्नका लागि नगरपालिकाले योजना बनाइरहेको छ। यसका लागि नगरपालिकाको स्वास्थ्य शाखा पनि लागि परिरहेको छ।
यसका लागि विपन्न नागरिकको स्वास्थ्य बिमा बापतको रकम नगरपालिकाले तिर्नेसम्मका योजना हामीले बनाइरहेका छौं। 

स्वास्थ्य बिमा सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत चलाउने योजना बनाएका छौं। जसका लागि केन्द्र सरकारले पनि सहयोग गरोस् भन्ने अपेक्षा छ। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो
सम्बन्धित सामग्री
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने मंगलबार, भदौ २३, २०८३
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन मंगलबार, भदौ २३, २०८३
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो मंगलबार, भदौ २३, २०८३
ठमेलका क्षेत्रमा गैरकानुनी रुपमा बस्दै आएका १० बंगलादेशी नागरिक पक्राउ मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढी : मृतको संख्या १३५७ पुग्यो, अझै पाँच हजार बढी सम्पर्कविहीन मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्