• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य

सागर पौडेल बुधबार, मंसिर ३, २०८२  १९:२२
1140x725

नेपाल अहिले इतिहासकै जटिल मोडमा उभिएको छ। देश केवल राजनीतिक परिवर्तनको बाटोमै छैन, आफ्नै संवैधानिक संरचनाका कमजोर बिन्दुहरूको पुनरावलोकन गर्दैछ। जेन–जेड आन्दोलन कुनै एक दिनको भावनात्मक आक्रोश थिएन; यो वर्षौंसम्म जमा भएको राज्यका कमजोरी, अन्याय, अत्याचार, नाताबाद–कृपाबाद र विशेषतः गहिरिएको भ्रष्टाचारविरुद्धको प्रतिक्रिया थियो। यही सबै तत्त्वहरू नेपालको विकास यात्राका प्रमुख अवरोध बनेका थिए।

यद्यपि धेरै माध्यम हुँदाहुँदै विनाशकारी मार्ग रोजिनु उचित थिएन। एकैदिनको उग्र आक्रोशले असह्य परिस्थितिको सिर्जना गर्यो। झन् वास्तविक जेन–जेड सहभागीभन्दा बाहिरी घुसपैठकर्ताहरू बढी सक्रिय भई आन्दोलनको स्वरूप नै बदलिनु अझै चिन्ताजनक बन्यो। स्पष्ट खाका, नेतृत्व र संयन्त्र नभएकाले आन्दोलनकारीहरूको बलिदान निष्फल हुँदै गएको आभास भइरहेको छ।

भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंस स्वीकार्य छैन। यी दुई दिनका घटनाले देशलाई पूर्णतया फरक मोडमा पुर्‍यायो- देश सरकारविहीन भयो, गृहद्वन्द्वजस्तै अवस्था बन्यो। यस्तो अवस्थामा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता थियो। संविधान रहेको देशमा सरकार गठन पनि संविधानअनुसार नै हुनुपर्नेमा शंका छैन। तर डिस्कोर्डमा १० हजारजति सहभागीभित्र करिब ३५०० जना मात्र परिचय नखोल्ने व्यक्तिहरूको मतका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइनु कत्तिको संवैधानिक र व्यवहारिक थियो? प्रधानमन्त्रीजस्तो संवेदनशील पदका लागि यस्तो प्रक्रिया उपयुक्त थिएन भन्ने निष्कर्ष भविष्यमा अवश्य समीक्षा हुनेछ।

त्यो समय जेन–जेडले भनेका धेरै माग राज्यशक्तिले सम्बोधन गर्ने संकेत दिइरहेको थियो। उनीहरूले गर्न सक्थे-संविधानको धारा ७६(५) बमोजिम कुनै एक प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री बनाउने, राष्ट्रपति, सभामुख, प्रधानसेनापति, राजनीतिक दल र जेन–जेड नेतृत्वबीच लिखित सम्झौता गर्ने, प्रतिनिधि सभा बैठक बोलाएर आवश्यक संवैधानिक संशोधन पारित गर्ने। यसरी गर्दा उनीहरूको धेरै मागहरू पूरा हुन सक्थे। यसकारण सरकार गठनको प्रक्रियामा जेन–जेड स्वयं चुकेको देखिन्छ।

अब फागुन २१ मा घोषित निर्वाचन हुने कि नहुने, भयो भने सफल हुन्छ कि हुँदैन—अनेक प्रश्न खडा छन्। देशमा अहिले राजनीतिक दलभन्दा धेरै जेन–जेड समूहहरू सक्रिय छन्, सबैका आफ्नै एजेन्डा छन्। सरकारले यी सबैलाई कसरी सम्बोधन गर्छ भन्ने विषय खुल्न बाँकी छ।

nimb
nimb
Ncell 2
Ncell 2

यद्यपि नेपालजस्तो बहुसांस्कृतिक, विविध राजनीतिक पृष्ठभूमिको देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली न उपयुक्त छ, न सम्भव। यस्तो व्यवस्थाले शक्ति केन्द्रीत, संसद–कार्यपालिकाबीच द्वन्द्व र शासनको अस्थिरता झनै बढाउँछ। नेपालको संस्थागत सन्तुलन, संवैधानिक चरित्र र लोकतान्त्रिक परम्परा हेर्दा यस्तो व्यवस्था सफल हुने आधारहरू देखिँदैनन्।

यसले राजनीतिक दलहरू पूर्ण रूपमा सक्षम र स्वच्छ भएको दाबी गर्दैन। दलहरूमा आत्मालोचनाको संस्कृति, जिम्मेवारी, पारदर्शिता र सुधारको भावना अनिवार्य छ। जनता दलप्रति रुष्ट छन्- यो निर्विवाद छ। तर दलीय प्रणाली विस्थापित गरेर होइन, सुधार गरेर मात्र लोकतन्त्र मजबुत हुन्छ। नेतृत्वमा परिवर्तन र नयाँ नेतृत्वको दृढ इच्छाशक्ति आवश्यक छ।

स्थिर सरकारको कुरा गर्दा, कुनै पनि दलले पूर्ण बहुमत ल्याउने अवस्था देखिँदैन। त्यसैले संविधानको धारा ७६(१) बमोजिम सरकार गठन कठिन छ। अन्ततः ७६(२) मा जानुपर्ने बाध्यता आउनेछ। तर नेपालमा अस्थिरताको जड यही उपधारा हो- जहाँ दुई वा बढी दलहरूको गठबन्धन सरकार बन्ने व्यवस्था छ। जनताको ठूलो मत पाएका दलभन्दा तेस्रो–चौथो दलले सरकार चलाउने अवस्थाले जनादेशको अवमूल्यन भएको अनुभूति दिएको इतिहास छ। कुनै एउटा विषयमा स्वार्थ नमिल्दा सरकार ढलिरहनु, विकास अवरुद्ध हुनु, र स्थिरता खतरामा पर्नु स्वाभाविक छ। त्यसैले ७६(२) लाई संशोधन गरेर हटाउनु नै स्थिरताको दीर्घकालीन उपाय हो।

जेन–जेडकै सरकार अहिले आफ्नै आशा र विश्वासको विपरीत चलेको देखिँदैछ। भदौ २३–२४ का घटनामा ठूलो विनाश भए पनि, सरकारपक्षबाट ठोस कदम, दोषीविरुद्ध कारबाहीको प्रतिवद्धता वा सुनिने जोगिएका परिणाम देखिएको छैन। आन्दोलन ठूलो भयो, तर परिवर्तनको गति देखिएन भने २०४२/४४ सालको जस्तै परिस्थिती (छिटो राजनीतिक अस्थिरता र मध्यावधि चुनाव) दोहोरिने सक्ने खतरा छ। सुशीला कार्कीको अघिल्ला अभिव्यक्ति र अहिलेका कामबीचको विरोधाभासले आम नेपाली निराश छन्। हातमा आएको परिणाम शून्यजस्तै छ।

अब सरकार जेन–जेड र नेपाली जनताको हितमा काम गर्नतर्फ अघि बढ्नुपर्छ- भदौ २३ र २४ का घटनाहरूको निष्पक्ष छानबिन, रिपोर्ट सार्वजनिक, र दोषीमाथि कानूनी कारबाही अनिवार्य छ। यसको विकल्प छैन।

अन्ततः, यदि वर्तमान सरकारले जेन–जेड आन्दोलनका जायज माग, जनभावना र संवैधानिक आवश्यकता अनुसार काम गर्न सकेन भने, देश पुनः अस्थिरताको दुष्चक्रमा प्रवेश गर्नेछ। स्थिरता र वास्तविक परिवर्तन नाराले होइन, संविधानसम्मत प्रक्रिया, स्पष्ट रोडम्याप, राजनीतिक उत्तरदायित्व र कानुनी शासन मार्फत मात्र सम्भव छ। नेपालले भावनात्मक प्रतिक्रियाभन्दा संस्था सुदृढीकरण, संवैधानिक सुधार र निष्पक्ष नेतृत्वको बाटो रोज्नुपर्छ- यही अपेक्षा जेन–जेडदेखि लिएर आम नेपालीसम्म सबैको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्