काठमाडौं–अमेरिकी सैन्य बेस लक्षित इरानी आक्रमणमा परी यूएईको अबुधाबीमा एक जनाको मृत्यु भएको छ ।
इरानले अबुधाबीमा दुईपटक मिसाइल प्रहार गरेको छ । उक्त आक्रमणमा एक जनाको मृत्यु भएको अलजजीराले उल्लेख गरेको छ ।
यूएईले यस आक्रमणलाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेको छ । यूएईले इरानलाई यस आक्रमणले जवाफी कारबाही र आफ्नो देशको सुरक्षाका लागि प्रतिक्रिया दिने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।