काठमाडौं - मकवानपुर भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माईक्रोवस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माईक्रोबस आज बिहान करिब पाैने छ बजे दुर्घटनामा परेको हो । गाडीमा चालकसहित १५ जना सवार थिए ।
घाइते सबैकाे उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।