काठमाडौं - श्रीमतीको हत्या गरेको अभियोगमा चितवनबाट एक जना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका ४ त्रिचोकमा कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा सुमन राना मगरलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे स्याङ्जा चापाकोट गाउँपालिका ६ घर भई हाल भरतपुर महानगरपालिका ४ त्रिचोकस्थित डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय मगरले घरायसी विवादका कारण आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कोठामै कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।