• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण

64x64
नेपाल लाइभ सोमबार, मंसिर ७, २०८३  १४:०२
1140x725

सरोज झा

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले दिल्लीमा राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म चासो र उत्साह सिर्जना गरेको छ । विशेषगरी भारतीय युवामाझ प्रधानमन्त्री शाहप्रति देखिएको आकर्षणले यो भ्रमणलाई थप चर्चामा ल्याएको छ । दिल्ली विमानस्थलमा उहाँको स्वागतका लागि पुगेका नेपालीसँगै भारतीय युवा जमातको बाक्लो उपस्थितिले पनि बालेनप्रतिको चासो नेपालमा मात्र सीमित नरहेको देखाएको छ ।

म आफैँपनि प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्ली विमानस्थल पुगेको थिएँ । त्यहाँ नेपाली समुदायका मानिससँगै भारतीय नागरिकहरुको पनि उपस्थिति थियो । विशेषगरी युवाहरूको सहभागिता उल्लेखनीय देखिन्थ्यो । उनीहरू कुनै राजनीतिक दलका नेता वा स्थापित राजनीतिक व्यक्तित्वका रूपमा भन्दा पनि बालेन्द्र शाहको व्यक्तिगत छविप्रति आकर्षित भएको देखिन्थ्यो ।

दिल्लीका विभिन्न स्थानमा प्रधानमन्त्री शाहको स्वागतका लागि ब्यानर र बोर्ड राखिएका थिए । विमानस्थलमा समेत ‘वेलकम’ लेखिएका ब्यानर देखिनु आफैँमा एउटा महत्वपूर्ण पक्ष थियो । यसअघि विभिन्न देशका उच्चपदस्थ नेता तथा प्रधानमन्त्री भारत भ्रमणमा आउँदा पनि यस्तो किसिमको जनस्तरको उत्साह मैंले कमै देखेको थिएँ । यसले बालेनप्रति भारतीय नागरिकहरुको पनि चासो बढिरहेको संकेत गर्छ ।

अहिले भारतका कतिपय युवाहरुले बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेर हेर्ने गरेको पनि पाइन्छ । उनीहरूका नजरमा बालेन पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सुधारका लागि काम गर्न सक्ने नयाँ राजनीतिक अनुहार हुन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदा उहाँले गरेका काम र देखाएको कार्यशैलीले यस्तो धारणा निर्माण गर्न सहयोग गरेको हुन सक्छ ।

विशेषगरी भारतीय युवाहरूले पनि अहिले बालेनलाई एउटा नयाँ राजनीतिक आइकनका रूपमा हेर्न थालेको अनुभूति हुन्छ । यसले भारतीय युवामाझ पनि बालेनको व्यक्तिगत लोकप्रियता विस्तार भइरहेको संकेत गर्छ । यसको अर्को पक्ष भारतीय सञ्चारमाध्यममा पनि देखिएको छ ।

सोमबार मात्रै प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपतिले गार्ड अफ अनर प्रदान गरेर नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व समेत दिएका छन् । प्रधानमन्त्री शाहको भ्रमण र उहाँको गतिविधिलाई भारतीय सञ्चारमाध्यमले चासोका साथ पछ्याइरहेका छन् । उहाँ भारत आउँदै गर्दा विमानको उडान अवस्थासमेत धेरैले खोजी गरेको समाचारले पनि भारतीय जनस्तरमा रहेको उत्सुकता देखाउँछ । यो केवल एउटा विदेशी प्रधानमन्त्रीको भ्रमणप्रतिको सामान्य चासो मात्र होइन, नयाँ राजनीतिक व्यक्तित्वलाई नजिकबाट हेर्ने उत्सुकता पनि हो ।

बालेनको व्यक्तिगत छविले बढाएको चासो

Ncell 2
Ncell 2
nimb
nimb

बालेनप्रति भारतीय नागरिकको आकर्षणको मुख्य आधार उहाँको व्यक्तिगत छवि हो । काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा उहाँले परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाउनुभयो । सामाजिक सञ्जालमा सक्रियता, निर्णय कार्यान्वयनमा देखाएको शैली र राजनीतिक नेतृत्वप्रतिको फरक दृष्टिकोणले उहाँलाई नेपालमा मात्र होइन, भारतमा पनि परिचित बनाएको छ ।

भारतीय नागरिकले उहाँलाई नेपालको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरेको देखिन्छ । विशेषगरी भ्रष्टाचार र राजनीतिक बेथितिबाट आजित भएका युवाले नयाँ अनुहार र फरक कार्यशैली भएका नेताबाट परिवर्तनको अपेक्षा गर्नु स्वाभाविक हो । भारतमा पनि यस्ता अपेक्षा राख्ने युवाले बालेनलाई चासोका साथ हेरेका हुन सक्छन् ।

तर कुनै नेताको लोकप्रियता र शासन सञ्चालनको सफलता फरक विषय हुन् । काठमाडौं महानगरपालिकामा गरेको कामको आधारमा उहाँप्रति अपेक्षा बढेको भए पनि प्रधानमन्त्रीका रूपमा उहाँले सामना गर्नुपर्ने चुनौती फरक प्रकृतिका छन् । देशको अर्थतन्त्र, प्रशासन, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नु महानगरपालिकाको नेतृत्व गर्नुभन्दा धेरै जटिल जिम्मेवारी हो । त्यसैले भारतीय नागरिकमा देखिएको अहिलेको उत्साहलाई भविष्यमा उहाँले गर्ने कामसँग जोडेर हेर्नुपर्छ ।

भारतसँगको सम्बन्धमा नयाँ सन्देश

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई उहाँको व्यक्तिगत लोकप्रियतासँगै दुई देशबीचको सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण मान्नुपर्छ । यसअघि बालेन भारतप्रति अनुदार हुनुहुन्छ वा भारतसँग दूरी कायम राख्न चाहनुहुन्छ भन्ने खालका धारणा पनि सार्वजनिक भएका थिए । तर प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा आउनुले नेपाल आफ्नो छिमेकीसँग संवाद र सहकार्यका लागि तयार छ भन्ने सन्देश दिएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा गहिरो छ । दुई देशको सम्बन्धलाई केवल राजनीतिक नेतृत्वको दृष्टिकोणबाट मात्र हेर्न मिल्दैन । जनस्तरमा रहेको सम्बन्ध, खुला सीमा, व्यापार, पारवहन र सुरक्षाका विषयले दुवै देशलाई एकअर्कासँग जोडेको छ । नेपालको स्थायित्व र आर्थिक विकास भारतका लागि पनि महत्वपूर्ण छ भने नेपालको विकासमा भारतसँगको सहकार्यको ठूलो भूमिका रहन्छ ।

यसपटकको भ्रमणले दुई देशबीचको संवादलाई थप सहज बनाउने अपेक्षा गर्न सकिन्छ । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु, हवाई रुटको विषयमा छलफल अघि बढाउनु तथा धार्मिक पर्यटन र व्यापारिक सहकार्य विस्तार गर्नु भ्रमणका महत्वपूर्ण पक्ष हुन् ।

विशेषगरी वर्षौंदेखि सञ्चालनमा आउन नसकेको हवाई प्रवेशमार्गको विषयमा सकारात्मक प्रगति हुन सके नेपालको पर्यटन र व्यावसायिक गतिविधिमा प्रत्यक्ष लाभ पुग्नेछ । त्यस्तै, अयोध्या र जनकपुरबीचको धार्मिक सम्बन्धलाई पर्यटनसँग जोड्न सके जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।

तर दुई देशबीच सीमा विवादलगायतका संवेदनशील विषय पनि छन् । यसपटकको भ्रमणको कार्यसूचीमा सीमा विवादले प्राथमिकता पाएको देखिँदैन । सम्बन्ध सुधारका लागि संवाद आवश्यक भए पनि नेपालको राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयलाई बेवास्ता गर्न मिल्दैन ।

समग्रमा दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति देखिएको उत्साहलाई एउटा नयाँ राजनीतिक व्यक्तित्वप्रतिको आकर्षणका रूपमा बुझ्न सकिन्छ । भारतीय युवाले उहाँमा परिवर्तनको सम्भावना देखेका छन् । यो नेपालको नयाँ नेतृत्वप्रति छिमेकी देशका नागरिकले राखेको अपेक्षाको संकेत पनि हो ।

तर अहिले देखिएको लोकप्रियता र उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै हो । भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने र नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर कूटनीति सञ्चालन गर्न सके उहाँप्रति देखिएको अहिलेको आकर्षणले थप अर्थ पाउनेछ ।

(लामो समयदेखि नयाँ दिल्लीमा बस्दै आएका झा नेपाल– भारत अध्य्यनसम्बन्धमा रुचि राख्छन ।)

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको पुनर्निर्माणका लागि भारतले दियो २ खर्ब ४० अर्ब, आईआईटीको क्याम्पसदेखि एग्र्रो–इन्डस्ट्रियल पार्कसम्म बनाउने घोषणा
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी?
सम्बन्धित सामग्री
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण अहिले देखिएको लोकप्रियता र उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै हो । भारतसँगको सम्बन्धलाई सन्तुलित ब... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा रहँदा आफ्नो जीवनको कूटनीतिक र राजनीतिक स्वरूपको रियल साइज र डाइमेन्सनल साइजको अग्निपरीक्षाम... शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा विगतका प्रधानमन्त्रीको तुलनामा निकै छोटो अर्थात् करिब साढे २५ घण्टाको भारत बसाइलाई तामझाम र औपचारिकताभन्दा माथि उठेर ‘कामकाजी र परिण... शनिबार, मंसिर ५, २०८३
ताजा समाचारसबै
नेपालको पुनर्निर्माणका लागि भारतले दियो २ खर्ब ४० अर्ब, आईआईटीको क्याम्पसदेखि एग्र्रो–इन्डस्ट्रियल पार्कसम्म बनाउने घोषणा सोमबार, मंसिर ७, २०८३
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई बुधबार, किन सारियो पेशी? सोमबार, मंसिर ७, २०८३
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै सोमबार, मंसिर ७, २०८३
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्