काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या बुझ्न आइतबार साँझ ललितपुरको पाटन पुगेका छन् ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलसहितको टोलीले सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल र मंगलबजार क्षेत्रको भ्रमण गरेको थियो ।
‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत मन्त्रीहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षा सुनेका थिए ।
सरकार र नागरिकबीचको दूरी घटाउँदै जनताका समस्या स्थलगत रूपमै बुझ्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।