काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै समाजमा भ्रम, विकृति र अराजकता फैलिने जोखिम बढेको बताएका छन् ।
टोखा नगर कमिटीले नेपाल संवत् ११४७ तथा मौलिक चाडपर्वका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सञ्जालका अल्गोरिदम र प्रविधिको दुरुपयोगले नेपाली मौलिक संस्कृति तथा सामाजिक मूल्य कमजोर पारिरहेको टिप्पणी गरे ।
प्रविधिको विकासलाई स्वीकार गर्दै त्यसबाट उत्पन्न विकृति नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । उनले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्नेमा पनि जोड दिए ।
महासचिव पोखरेलले वर्तमान सरकारले महँगी नियन्त्रण र नागरिकको जीवनस्तर सुधार गर्न नसकेको आरोपसमेत लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।