काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेला सुरु भएको छ।
कांग्रेस विद्रोही पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।
भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ। भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।
भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।
बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ।