काठमाडौँ — बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर पछिल्ला समय आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले माग गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्ला समय आएका समाचारका विषयमा ध्यानाकर्षण भएको भन्दै
ुसार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको हो ।
न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी र प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि न्यायालय तरंगित बनेको सन्दर्भमा छलफल गर्न बिहान ९ बजे बसेको बैठक खर्भरै सकिएको छ । बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्चमा बहालवाला सबै न्यायाधीश सहभागी थिए ।
छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सर्वोच्चले आग्रह गरेको छ ।
फुलकोर्टले पाँच वटा निर्णग गरी विज्ञप्ति समेत जारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।