काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली पुगेका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा विभिन्न समझदारीपत्र आदानप्रदान, संयुक्त परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन् ।
प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।