• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो

तीर्थ श्रेष्ठ मंगलबार, असोज १८, २०७९  १३:०४
1140x725

दशैं भन्नेबित्तिकै नेपालीको चाडका रुपमा बुझिन्छ। त्यसमा पनि अझ हिन्दु नेपालीहरुको। संसारमा अन्य ठाउँ पनि छन् हिन्दुहरु। तर यसरी हर्षोल्लासपूर्ण ढंगले मनाइँदैन। 

भारतमै हेरौं। छिमेकी देश भएर पनि हाम्रोजस्तो टीका लगाएर, आशीर्वाद मागेर मनाइँदैन। बंगलादेशतिर होउन् या भुटानतिर बसेका हिन्दु कसैले पनि हाम्रोजसरी मनाउँदैन। हिन्दु जहाँका भए पनि दशैं भनेर मानेको देखिँदैन। यसर्थमा पनि हामी हाम्रो नेपाली मौलिकतामा गर्व गर्नुपर्छ।

दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो। यसमा नितान्त नेपाली मौलिकता मिसिएको छ। दोस्रो कुरो, पछि आएर जनजातिले मान्ने कि नमान्ने भन्ने कुरा आयो। यो भनेको चाडलाई परिभाषित गर्ने कुरा हो। अहिले वैज्ञानिकहरुले भन्न थाले ‘जमराको रस मान्छेका निम्ति अत्यन्तै उपयोगी छ।’ संसारका अन्य जुनसुकै धर्मका कर्मकाण्डहरुमा त्यति वनस्पतिको प्रयोग हुँदैन, जति हिन्दुहरुको हुन्छ। दशैं पनि वनस्पतिहरुसँगै जोडिएको छ।

हिन्दु भएकैले हामी तुलसीको पूजा गर्छौं, बेलको पूजा गर्छौं, रुद्राक्षको पूजा गर्छौं। यी सबैका पछि विज्ञान छ। स्वास्थ्य विज्ञानसँग यसको नजिकको सम्बन्ध छ। दशैंमा जमरा लगाउनुका पछि पनि कतै न कतै स्वास्थ्य विज्ञान जोडिएको छ। नवरात्रका ९  देवीहरु छन्। शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म। प्रत्येक देवीसँग एउटाएउटा वनस्पति जोडिएकै छ। 

हामी बलि दिन्छौं। बलि दिनु उचित हो कि होइन भन्ने कुरामा पनि पछिल्लो समय विवाद बढेर आएको छ। पहिलेको तुलनामा अहिले बलि प्रथा अत्यन्तै कम भएको छ। तर मासु खाने चलन बढेको छ। हिजो दशैंतिहार जस्ता चाडपर्व आएपछि मात्रै मासु खाने भन्ने थियो। आज तीन छाक मासु खाने भइसक्यो मान्छे। मांसाहार बढको छ तर बलि प्रथा घटेको छ। 

हिजो बलि दिँदा मांसाहार कम थियो। यसको तुलनात्मक रुपमा अध्ययन गर्नुपर्ने एउटा परिस्थिति पनि हाम्रो अघि छ। अहिले हामीले दशैं मानिरहँदा असत्यविरुद्ध सत्यका जितको एउटा परिकल्पना गरेका छौं। अन्यायविरुद्ध न्यायको परिकल्पना गरेका छौं। कथामा के छ भन्ने कुरा त्यति महत्वपूर्ण होइन। त्यो कथाले हामीलाई के सन्देश दिन खोजेको छ त्यो पो हो महत्वपूर्ण कुरा। 

त्यो दृष्टिकोणले दशैंको अर्को महत्वपूर्ण कुरा भनेको आफ्ना अग्रजप्रतिको सम्मानभाव र अनुजप्रति आशीर्वाद हो। एकप्रकारले दशैं अग्रजबाट अनुजले आशीर्वाद थाप्ने पर्वका रुपमा पनि चिनिन्छ। यसरी हेर्दा अग्रज-अनुजको सम्बन्धलाई गाढा बनाउन कुन धर्मले छेक्छ? कुन सम्प्रदाय, कुन रङ र कुन सिद्धान्तले अग्रजबाट अनुजले आशीर्वाद थाप्नु हुँदैन भन्छ?

जनजातिहरुले सेतो टीका लगाउँछन्। कतिपय जनजाति कुलको पूजा गर्छन्, हतियारलाई पुज्छन्। जनजातिमा गुरुङ, मगरले चाडपर्वमा पनि हतियारको पूजा गर्छन्। कोटमा बलिदिने, आफ्नो हतियारलाई सधैं सफा राख्ने, हतियारमा शक्ति देख्ने हामी जनजातिहरुको पहिल्यैदेखिको चलन हो। कति जनजाति त अहिले पनि नवरात्रिका नवै रातमा साधना गर्नेहरु पनि छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न हिन्दु मन्दिरहरुमा अहिले पनि जनजाति समुदायकै पुजारी रहने प्रचलन छ। काठमाडौं उपत्यकामा नेवारहरु होलान्। मध्यपहाडमा मगर होलान्। त्यो दृष्टिकोणले धर्मका नाममा अहिले पनि कतै थिचोमिचो छ भने त्यसलाई परिमार्जित गरेर अग्रजबाट अनुजले आशीर्वाद लिने राष्ट्रिय पर्वका रुपमा अघि लैजानुपर्छ। 

पहिले र अहिलेको दशैंमा धेरै फरक आइसक्यो। पहिले दशैं साँच्चिकै दशैं हुन्थ्यो। अहिले त तयारी चाउचाउ जस्तो भइसक्यो। अब दशैं घरघरमा पूर्वतयारी गर्ने पर्वका रुपमा भन्दा कृत्रिमतातर्फ गयो। एकछिन बजार गयो, मिठाई, उपहार के चाहिन्छ किनेर ल्यायो, दशैं मनायो।

समयक्रम बद्लिँदा दशैं पनि फेरिँदै आएको छ। पहिले दशैं आउनासाथ गाउँघरमा पिङ बन्थे। टोलटोलमा रोटेपिङ, चर्खे पिङ ठडिन्थ्यो। त्यो बेला दशैंको उत्साह नै छुट्टै हुन्थ्यो। दशैं केटाकेटीको अनुहारले बोकेर ल्याउँथ्यो। दशैंमा चाहिन्छ भनेरै घरैपिच्छे बोका पाल्ने गरिन्थ्यो। मठमन्दिरमा देवीहरुको दर्शन गर्न जाने एउटा पद्धति नै थियो। अहिले त्यो पूर्ण रुपमा हराइसक्यो भन्दा पनि हुन्छ।

प्रत्येक घरहरुका बीचमा खुल्ला जग्गा हुन्थ्यो। त्यहाँ गएर चंगा उडाइन्थ्यो। चंगा लडाउने क्या गजबको खेल खेलिन्थ्यो। पछिपछि पोखरामा आवादी बढ्दै गयो। जग्गा साँघुरिँदै गयो। पछिपछि आउँदा दशैंमा चंगा उडाउने चलन पनि पातलिँदै गयो।

Xtrem

Xtrem

पहिले त सबैको घरघरमा बत्ती बाल्ने चलन थियो। मलाई लाग्छ दशैंको कोजाग्रत पूर्णिमादेखि नै तिहारसम्म बत्ति बालिन्थ्यो। मान्छेहरु रातो माटो, कमेरो माटो लिएर घर लिप्थे। रोटी पोल्न व्यस्तता देखिन्थे। प्रत्येकका घरघरमा ढिकीजाँतो हुन्थ्यो। ती जाँतोमा विशेषगरी महिलाहरु रोटी बनाउन चामल पिनिराखेको, कुटिराखेको अवस्था हामीले देख्थ्यौं। 

पोखरामा पहिले चिउरा कुट्नेहरुको लस्करै हुन्थ्यो। यो बागबजार एरियामा पनि घरपिच्छे चिउरा कुट्न जाने चलन हुन्थ्यो। चिउरा कुट्नेहरुकाे ढिँकीमा ढ्वाङढ्वाङ आवाज आउँथ्यो। विशेषगरी ‘दमाई’ दाइहरुले लुगा सिलाउन हतार भएर रातभर कल चलाइराखेको आवाज आउँथ्यो। रातको समयमा पनि ती बज्ने फरकफरक आवाजले दशैं आएको अनुभूति दिन्थ्यो। दिनमा आकाशमा चंगा उडेको हुन्थ्यो। मान्छेहरुमा दशैंलाई उत्सव बनाउन छुट्टै किसिमको तयारी हुन्थ्यो। 

यो भौतिक विकाससँगै दशैं उत्सवको तयारी गर्ने परम्परा पनि बिस्तारै घट्दैघट्दै गएको छ। अहिले दशैंको रौनक हट्दै गएको छ, पोखरामा। त्योबेला केटाकेटी कस्को घर गएर कति पैसा थापियो भनेर एक ठाउँमा जम्मा भएर गन्न बस्थे। वर्षको एक-दुईचोटि मात्रै लुगा फेर्न हुन्थ्यो। केटाकेटीहरु बाउआमालाई के नयाँ लुगा किनिदिने भनेर सोध्थे। अभिभावक छोराछोरीको रहर पूरा गरिदिन हतारमा हुन्थे। 

अहिले त्यो अवस्था देखिँदैन। अहिले त दिनकै तीन प्रहर मासु, जहिल्यै बजारमा रेडिमेड रोटी खाएका छन्। अहिलेको पुस्तालाई नयाँनौलो भन्ने थाहा छैन। अहिले त दशैंमा धेरै समयसम्म टाढा बसेका दाजुभाइ, आफन्त, इस्टमित्र घर फर्कने भन्ने मात्रै भयो। अहिले दशैं फेरिएर लामो समय छुट्टिएर रहेकाहरु पुनर्मिलन हुने पर्वका रुपमा मात्रै परिभाषित हुन पुगेको छ। 

अहिले पोखरामा पनि संस्थागत रुपमा नै दशैं मान्न थालिएको छ। अग्रजहरुलाई बोलाएर सामूहिक टीका थाप्ने चलनको विकास भएको छ। दशैं नयाँ बन्दै गएको छ। मैले पनि त्यो ‘परिवर्तित’ दशैंको अभ्यास गर्न थालेको छु। अरुबेला दौरासुरुवाल लगाऊँ कि नलाऊँ तर दशैंमा लगाएकै हुन्छु।

अहिले पोखरामा हेर्ने हो भने दशैंमा टीका थाप्न हिँडेकाहरु प्राय:ले दौरासुरुवाल लगाएकै हुन्छन्। यसरी हेर्दा दशैं दौरासुरुवालको पुनर्जागरणको काल पनि हुन थालेको छ। दौरासुरुवाल राष्ट्रिय पोशाक मानिनु हुँदैन भनेर आक्रमण भएपछि दशैंले त्यसको संरक्षण गर्न थालेको छ। 

पहिले घरमा एउटा बोका, च्यांग्रा ल्याउँदा जुन रौनक हुन्थ्यो। घरपरिवार एक भएर काटकुट पारेर खाइन्थ्यो। सिंगो नसक्ने छ भने छिमेकी वा भाइभाइ मिलेर बाँडिन्थ्यो। त्यो एउटा राम्रो सिस्टमको अभ्यास पनि थियो। तर त्यही सिस्टमबाट हामी बिस्तारैबिस्तारै तयारी चाउचाउ खाएजस्तो गरेर दशैं मनाउने क्रममा गएका छौं।

(कवि तथा संस्कृतिविद् श्रेष्ठसँगको कुराकानीमा आधारित। यो सामग्री नेपाल लाइभमा पहिलोपटक २०७५ कात्तिक १ गते प्रकाशित भएको थियो। पछिल्ला सन्दर्भसँग नमिल्ने केही अंश हटाइएको तथा सम्पादन गरिएको छ। )

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १३:०४
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्