• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन

64x64
लक्ष्मी चौलागाईं आइतबार, जेठ २५, २०८२  ११:३६
1140x725

जुन ८ लाई ब्रेन ट्युमर दिवसका रुपमा मनाउने गरिन्छ । दिमाखमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । यो भर्खरै जन्मको बच्चादेखि बुढाबुढीमा समेत हुनसक्छ । नेपालमा ब्रेन ट्युमरका बिरामीहरु  वर्षेनी बढ्दै गएको पाइन्छ । ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिदैनन्, यसको सुरुवाती अवस्थामा नै उपचार हुन सके बिरामी पूर्ण रुपमा निको हुन सक्छन् । ब्रेन ट्युमर दिवस, ब्रेन ट्युमरका उपचारको विधि,यसका लक्षणहरु लगायतका विषयमा केन्द्रित भएर स्नायु, नसा तथा मेरुदण्ड रोग शल्यचिकित्सक प्राडा राजीव झासँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीः

ब्रेन ट्युमर भन्नाले के बुझिन्छ ?
दिमागमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । कतिपय ब्रेन ट्युमर क्यान्सर पनि हुनसक्छ । भर्खरै जन्मेको बच्चादेखि वृद्ध मानिसहरुमा पनि ब्रेन ट्युमर हुनसक्छ । हालसम्म पनि ब्रेन ट्युमर हुने धेरै कारणहरु पत्ता लागिसकेको छैन । 
ब्रेन ट्युमरका धेरै कारण थाहा नभएपनि विभिन्न प्रकारका विकिरणहरु जस्तै एक्सरेको समयमा प्रयोग हुने विकिरण, सिटीस्क्यान, घाम तथा विभिन्न वातावरणीय कारण, गहिरो प्रकारको चोट लगायतका कारणहरुले ब्रेन ट्युमर हुनसक्छ भन्ने पत्ता लागेको छ ।  

ब्रेन ट्युमरको समस्या बढी कुन उमेरका मानिसहरुमा धेरै हुन्छ ?

सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन ट्युमर नहुने भन्ने चाहिँ होइन । 

यसको उपचारको विधीहरु के– के होलान् ?

ब्रेन ट्युमरलाई सामान्यतया ४ चरणमा विभाजन गरिएको छ। यसको चरण अनुसारको उपचार विधी प्रयोग गरिन्छ । कतिपय अवस्थामा बिना शल्यक्रिया पनि ब्रेन ट्युमर गरिन्छ ।

यस्तो अवस्थामा बिरामीलाई निश्चित समयमा अस्पताल बोलाउने गरिन्छ । समय-समयमा सिटीस्क्यान, एमआरआई गरेर हेर्दा बढ्ने खालको ब्रेन ट्युमरलाई मात्रै शल्यक्रिया गरिन्छ । 

शल्यक्रिया ब्रेन ट्युमरको प्रमुख उपचार विधी हो । ब्रेन ट्युमर बढिरहेको अवस्थामा त्यसलाई सिटीस्क्यान तथा एमआरआईबाट पत्ता लगाइ निकालेर फालिन्छ । यो पूर्ण उपचार पनि हो ।  त्यस्तै ब्रेन ट्युमरको तेस्रो र चौथो उपचार विधी किमोथेरापी र रेडियोथेरापी हुन् । पछिल्लो समय रेडियोसर्जरी पनि ब्रेन ट्युमरको उपचारमा विकसित भएको उपचार विधी हो। 

Ncell 2
Ncell 2

ब्रेन ट्युमरका लक्षणहरु के –के हुनसक्छन् ?

ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन् । यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् । त ट्युमर दिमागको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन् । धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ । तर, यी लक्षण गम्भीर रुपमा लिइदैन । यसले गम्भीर अवस्थामा पुर्‍याउँछ ।

ब्रेन ट्युमर भएका मानिसहरुको दैनिक क्रियाकलाप समेत असामान्य प्रकारका हुन्छन् । कतिपय बिरामीहरु रोग पत्ता लाग्न नसक्दा लामो समयसम्म मनोचिकित्सकसँगको उपचारमा गएको पनि पाइन्छ । सहनै नसक्ने अवस्थामा  मात्रै बिरामी अस्पताल आइपुग्छन् । सुरुवाती अवस्थामा लक्षणहरु वेवास्ता गर्ने गर्छन् । अन्तिम अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन् । 

ब्रेन ट्युमरलाई रोकथाम गर्न सकिन्छ ?

ब्रेन ट्युमरलाई रोकथाम नै गर्न सक्ने अवस्था हुँदैन । यद्यपि अनावश्यक विकिरणबाट टाढा राख्ने, खानपानमा विशेष ध्यान दिने, दिमागमा लागेको चोटपटकको सही रुपमा उपचार गरेको खण्डमा यसबाट केही मात्रामा बच्न सकिन्छ । 

वीर अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र के हो, यसले के–कस्ता सेवा दिन्छ ?

समयअनुसार न्युरोसर्जरीमा नेपालमा गर्नुपर्ने कामहरु सम्पन्न गर्नका लागि वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरिएको हो । नेपालमा ब्रेन ट्युमर सम्बन्धि अनुसन्धानहरु भए, नभएको, ब्रेन ट्युमर सम्बन्धि राष्ट्रिय तथ्यांक तथा उपलब्धी राख्नका लागि पनि यो केन्द्रको स्थापना गरिएको हो । 

उक्त केन्द्रको स्थापना सँगै देशभर रहेको २०– २५ वटा न्युरो उपचार केन्द्रले तथ्यांक उपलब्ध गराएका छन् । उक्त केन्द्रबाट हामीले सर्जरी पश्चात् पनि करिब १५ –१६ शय ब्रेन ट्युमरका बिरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकेका छौं ।  यसले ब्रेन ट्युमर प्रभावितहरुको वास्तविक तथ्यांक पाइने र आगामी कार्ययोजनालाई दिशानिर्देश गर्न सहज हुन्छ ।  

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, पुस ९, २०८२
तीन बुँदे सहमतिसहित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता घोषणा बुधबार, पुस ९, २०८२
जनमत कार्यलयमा सरकारी टोलीको अनुगमन र छलफल बुधबार, पुस ९, २०८२
राप्रपा कार्यालयमा सरकारी टोलीको अनुगमन बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्