• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा

64x64
लक्ष्मी चौलागाईं शुक्रबार, मंसिर ५, २०८२  १६:२२
1140x725

काठमाडौं– नेपाल सरकारले सामाजिक सुरक्षा इकाईमार्फत ज्येष्ठ नागरिकका लागि सेवा दिन सुरुवात गरेको छ।ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी प्रारम्भिक निदान परामर्श, स्वास्थ्य प्रवर्द्धन तथा फिजियोथेरापी सेवालाई आधारभूत स्वास्थ्य सेवामा समावेश गरिएको छ, जसलाई निशुल्क प्रदान गर्नु राज्यको दायित्व समेत हो।

सेवा प्रवाहलाई स्थानीय तहमा विस्तार गर्नका लागि परामर्श, सामान्य प्रकारका स्क्रिनिङ, प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श तथा फिजियोथेरापी सेवालाई आधारभूत तथा निशुल्क पाउने सेवाको रूपमा सरकारले घोषणा गरेको भए पनि, बजेट अभावका कारण यी सबै सेवालाई पूर्ण रूपमा निशुल्क बनाउन नसकिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत ज्येष्ठ नागरिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखा प्रमुख कविता अर्याल बताउँछिन्।

उनका अनुसार स्क्रिनिङ सेवाअन्तर्गत सामान्य ल्याब सेवा, आधारभूत फिजियोथेरापी सेवा, जीवनशैलीसम्बन्धी परामर्श सेवा राखिएको छ। उनले भनिन्– ‘आधारभूत स्वास्थ्य सेवा सम्पूर्ण स्थानीय स्तरका अस्पतालमार्फत् नि:शुल्क रूपमा दिँदै आएका छौं। तर, फिजियोथेरापी सेवाको हकमा आवश्यक औजार र उपकरणसहितको सुविधा सबै आधारभूत स्वास्थ्य संस्थामा विस्तार गर्न सकेका छैनौं।'  

काठमाडौं महानगरपालिकाका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ज्येष्ठ नागरिक सेवाका लागि विभाग स्थापना गरिए पनि, सबै स्वास्थ्य संस्थामा यस उद्देश्यका लागि छुट्टै विभाग स्थापना गरिएको छैन।

यद्यपि सरकारले ज्येष्ठ नागरिक सेवाका लागि चिकित्सकको फेलोसिप खोल्ने तयारी गरेको छ। भारतबाट पढेर आएका ज्येष्ठ नागरिक विशेषज्ञ चिकित्सकहरू केही संख्यामा भए पनि ती अझै न्यून रहेका छन्।

सरकारको प्राथमिकतामा नपर्दा चुनौती

स्वास्थ्य सेवा विभाग अन्तर्गत ज्येष्ठ नागरिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखाको तथ्यांकअनुसार, नेपालमा २०७९/८० मा २४ हजार ३३३ ज्येष्ठ नागरिकले आधारभूत स्वास्थ्य सेवा लिएका थिए। सो संख्या २०८०/८१ मा बढेर ७४ हजार ४१६ पुगेको छ।

सेवाग्राहीको संख्या वर्षैपिच्छे बढ्दै गएको भए पनि सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमप्रति पर्याप्त ध्यान नदिनु चुनौती थपिएको शाखा प्रमुख कविता अर्याल बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार सरकारले वार्षिक रूपमा ज्येष्ठ नागरिक सेवाका लागि करिब ९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्दै आएको छ। तर, सेवाग्राहीको संख्या अनुसार बजेट नबढ्नु र दातृ निकायहरूको ध्यान स्वास्थ्यका अन्य क्षेत्रमा मात्र केन्द्रीत हुनुका कारण ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनमै चुनौती सिर्जना भएको छ।

सबैभन्दा बढी ज्येष्ठ नागरिक कोशी प्रदेशमा

नेपालको कोशी प्रदेशमा २०८०/८१ मा २३ हजार २३ जना ज्येष्ठ नागरिक आधारभुत स्वास्थ्य सेवा लिएका थिए । कोशी सबैभन्दा बढी ज्येष्ठ नागरिकलाई सेवा दिने प्रदेश पनि हो। 

त्यस्तै मधेस प्रदेशमा ४ हजार ६ शय ९९, बाग्मतीमा ७ हजार ९ सय ५, गण्डकीमा ७ हजार ४ शय २०, लुम्बिनीमा ११ हजार ६ शय ३२, कर्णालीमा ५ शय ७४, सुदूरपश्चिममा १९ हजार १ शय ६१ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा लिएका थिए। 

Xtrem

Xtrem

दरबन्दी नहुँदा बाहिरिँदै विशेषज्ञ चिकित्सक

नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार हालसम्म ८ जना चिकित्सकले ज्येष्ठ नागरिक (जेरियाट्रिक) विशेषज्ञतामा औपचारिक अध्ययन सम्पन्न गरेका छन्। तर, नेपालमा कार्यरत विशेषज्ञ चिकित्सकको संख्या केवल ४ मा सीमित छ।

सहप्राध्यापक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कंडेलका अनुसार हालसम्म कुनैपनि स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिक चिकित्सकका लागि दरबन्दी सिर्जना गरिएको छैन। सरकारी अस्पतालमा समेत दरबन्दी नतोकिनुले सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य सेवालाई प्राथमिकतामा नराखेको प्रस्ट हुने उनको भनाइ छ।

उनले जानकारी दिएअनुसार ५ सय भन्दा बढी बेड भएको अस्पतालमा ज्येष्ठ नागरिक विभाग सुरु गर्ने नीति भएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन। दरबन्दी स्वीकृत नहुँदा सेवाको प्रभावकारिता खस्किएको छ।

हाल देशभर ६५ वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा भएपनि आवश्यक जनशक्ति नहुँदा सेवा अपेक्षित स्तरमा पुगेको छैन। काठमाडौंको वीर अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल चितवनलगायत केही अस्पतालमा वार्ड सञ्चालन भइरहेका भए पनि ज्येष्ठ नागरिक रोग विशेषज्ञको अभावमा सेवा प्रभावकारी हुन नसकेको डा. कंडेलको तर्क छ।

उनले भने– ‘सरकारले दरबन्दी सिर्जना गर्न सकेको भए नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका जेरियाट्रिक विशेषज्ञहरूले देशमै सेवा दिने अवस्था बन्न सक्थ्यो।‘ 

ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य संरचनाको अभाव

डा. कंडेलका अनुसार ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य संरचनाको विषय पनि सरकारले प्राथमिकतामा राख्न सकेको छैन। उनले भने– ‘सरकारले स्वास्थ्य संस्थाहरूलाई ज्येष्ठ नागरिकमैत्री बनाउन मापदण्ड त बनाएको छ, तर कार्यान्वयनको पक्ष कमजोर छ। अहिले पनि अस्पतालमा सेवा लिन जाँदा युवा र ज्येष्ठ नागरिक एउटै लाइनमा बस्नुपर्ने अवस्था छ।'

उनका अनुसार नेपालमा करिब ३० प्रतिशतभन्दा बढी जनसंख्या ज्येष्ठ नागरिकको भएको अवस्थामा सरकारले विनियोजन गरेको बजेट एकदमै न्यून छ। यसरी न्यून बजेटले ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सम्भव छैन।

ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत अस्पताल आवश्यक

बालबालिकाको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल रहेको अवस्थामा ज्येष्ठ नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन छुट्टै ज्येष्ठ नागरिक विशिष्टीकृत अस्पताल निर्माण गर्नुपर्नेमा डा. रमेश कंडेल जोड दिन्छन्।

उनका अनुसार आधारभूत स्वास्थ्य सेवा नजिकैको स्वास्थ्य संस्थाबाट पाउनुपर्ने भएपनि हाल त्यस्तो अवस्था छैन। कतिपय अस्पतालमा त फिजियोथेरापी विभागसमेत नहुँदा सरकारले यसलाई आधारभूत सेवामा समावेश गर्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।

डा. कंडेलका अनुसार ज्येष्ठ नागरिक स्वास्थ्य सेवामा आँखासम्बन्धी सेवा र पोषणसम्बन्धी सेवा समेत सरकारले अझै प्रभावकारी रूपमा उपलब्ध गराउन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्