• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’

64x64
लक्ष्मी चौलागाईं आइतबार, मंसिर १४, २०८२  १२:५५
1140x725

काठमाडौं– करिब १० वर्ष पहिले काठमाडौंका अमृत गुरुङलाई पखाला लागिरहने र कब्जियतको समस्या थियो। खानामा पटक्कै रुचि लाग्दैन थियो। शरीर कमजोर भएजस्तो थाकेको महसुस उनलाई हुन्थ्यो। 

दिनप्रति दिन दुब्लाउँदै गएपछि उनी एक अस्पतालमा पुगे। सबै समस्या सुनेपछि उनलाई क्यान्सरको आशंका गरियो। अनि चिकित्सकले भक्तपुर अस्पतालमा उनलाई रेफर गरे। त्यो बेलासम्म उनले आफुलाई क्यान्सर नहोला भन्दै ढाडस दिन्थे। मनमा डर थियो तर उनी हिम्मत नहारी आफुलाई सम्हाल्दै अघि बढे। 

भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो चरणको। आफुलाई क्यान्सर भएको सुन्ने बित्तिकै उनको खुट्टाबाट जमिन भाँसिएजस्तै भयो। म अब मर्ने भए भन्ने चिन्ताले उनलाई भतभती पोल्न थाल्यो। 

हुन त उनलाई चिकित्सकले उपचारपछि उनको क्यान्सर निको हुने नबताएका होइनन्। तर क्यान्सर निको हुँदैन, क्यान्सर लाग्ने बित्तिकै मान्छे मारिहाल्छन् भन्ने जस्ता थुप्रै भ्रमहरु उनले सुन्दै आएका थिए। तर उनको सबै भ्रम र डरलाई चिकित्सकको सही परामर्शले जित्न सक्यो। त्यसपछि उनी क्यान्सरलाई हराउन उपचारको बाटोमा लागे। 

अहिले उनी क्यान्सरमुक्त भइसकेका छन्। आफुलाई क्यान्सर भएपछि मात्र उनले समाजमा क्यान्सरबारे रहेका विभिन्न गलत बुझाई बारे जान्ने मौका पाए। नेपाली समाजमा क्यान्सर लाग्ने बित्तिकै मृत्यु हुन्छ र सबै धन सम्पत्ति सकिन्छ भन्ने सोचाई व्याप्त रहेको उनी बताउँछन्। 

उनी भन्छन्, ‘समयमा नै उपचार पाए क्यान्सर पूर्ण रुपमा निको हुन्छ भन्ने उदाहरण म आफैं हो।’

क्यान्सर विरुद्धको यो लडाईमा उनी एक्लै थिएनन्। परिवारको साथ र हौसलाले उनलाई यो लडाईमा जित्न आत्मबल मिल्यो।बिरामीले बेला बेलामा गर्ने फलोअप, स्वस्थकर खानपान तथा जीवनशैलीले पनि क्यान्सर माथि विजय पाउन सकिने उनको अनुभव छ। 

‘जति पनि क्यान्सर लागेर अब केही गर्न सकिदैंन भन्ने सोचाई भएका बिरामी हुनुहुन्छ भने मलाई हेर्नुहोस्। मैले क्यान्सरलाई जित्न सके।’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले क्यान्सरलाई मात्र जितेनन्। अहिले क्यान्सरका बिरामीहरुको सहयोगका लागि काम पनि गरिरहेका छन्। संसारमा क्यान्सर उपचारका लागि अत्याधुनिक तथा नवीन प्रविधिहरुको विकास भइसकेकोले क्यान्सर भएपछि बाँचिदैंन भन्ने धारणा नराख्न उनी सुझाव दिन्छन्। 
                                                                                    ...
क्यान्सरलाई जितेर अघि बढेकी पत्रकार रेनुका सुवेदीको अनुभव पनि यस्तै छ। शरीरमा अस्वस्थता बढ्दै गएपछि उनी स्वास्थ्य समस्या पहिचान गर्न विभिन्न अस्पतालमा पुगिन्। चिकित्सकले पाठेघरको मुखको क्यान्सरको शंका गर्दै उनलाई पनि भक्तपुर अस्पताल रेफर गरियो। 

विभिन्न चरणको परीक्षणपछि उनलाई पाठेघरको मुखको क्यान्सर भएको पुष्टि भयो। उनलाई पनि सुरुमा आफुलाई क्यान्सर भएको कुरा विश्वास नै गर्न गाह्रो भयो। उनी अस्पतालको गेटबाट तीन पटकसम्म घर फिर्ता भइन्। 

उनले भनिन् ‘मलाई क्यान्सर लागेको हो भन्ने विश्वास गर्न नै गाह्रो भयो। जसले उपचारका लागि ७ महिना ढिलो समेत भयो।’

उनी थप्छिन्, ‘क्यान्सर भएको मलाई पत्याउनै गाह्रो भयो। त्यसकारण डाक्टरले रेफर गरेको क्यान्सर अस्पताल नभई म उपचारका लागि अन्य अस्पताल चहार्दै हिडे। यसरी नै ७ महिना बित्यो अन्त्यमा भक्तपुर क्यान्सर अस्पतालमा मेरो उपचार सुरु भयो।’

Xtrem

Xtrem

५ सय रुपैँया लिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी उनलाई जब चौंथो चरणको पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो। त्यसपछि अब उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनलाई पोल्न थाल्यो। रोग पत्ता लागेको तीन महिनासम्म पनि खर्च व्यवस्थापन नहुँदा उनको उपचार अगाडि बढ्न सकेन। 

एकल महिलाको रुपमा उनले नै छोराको सम्पूर्ण पालन पोषणको जिम्मेवारी निभाउँदै आएकी थिइन्। उनीसँग क्यान्सर पहिचानका लागि गरिएको बायोप्सी रिपोर्ट ल्याउने पैसा समेत थिएन। यद्यपि विभिन्न संघ संस्था तथा व्यक्तिले गरेको आर्थिक सहयोगले उनको उपचार अगाडि बढ्यो।

‘भक्तपुर क्यान्सर अस्पतालमा चिकित्सक तथा नर्सबाट धेरै माया पाए।’, उनले भनिन्, ‘सबैको माया र हौसला अनि चिकित्सकहरुको सही उपचारबाट चौंथो चरणको क्यान्सरलाई मैले जितेको छु।’ 

क्यान्सर लाग्दैमा मरिहालिन्छन् भन्ने सोच पटक्कै नराख्न उनको पनि सुझाव छ। उच्च मनोबलले क्यान्सरलाई पराजित गर्न सकिने उनी बताउँछिन्। 

वर्षेनी करिब ३० हजार थपिन्छन्, क्यान्सरका बिरामी 
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष २५ देखि ३० हजारको संख्यामा क्यान्सर बिरामीहरु थपिने गर्छन्। जसले गर्दा क्यान्सर उपचारमा आर्थिक भार पर्ने गर्दछ।  

जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा दिन प्रतिदिन क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसे युवा पुस्तामा क्यान्सर देखिनु चुनौतीपूर्ण भएको बताउँछन्। 

क्यान्सरको उपचारका लागि अस्पताल आएकामध्ये सबैभन्दा धेरैमा फोक्सोको क्यान्सर, महिलाहरुमा पाठेघरको मुख तथा स्तन क्यान्सर, पुरुषहरुमा मुख, घाँटी तथा जिब्रोको क्यान्सर, ठुलो आन्द्राको क्यान्सर, महिलाहरुमा ओभरियन क्यान्सर बढी देखिएको उनले बताए।

‘क्यान्सरका चार चरण हुन्छन्। सुरुवातको चरणमा पत्ता लागे अधिकांश उपचार सम्भव हुन्छ।’ उनले भने, ‘पहिलो चरणको ९० प्रतिशत, दोस्रो चरणको ७०, तेस्रो चरणको ५० प्रतिशत, चौथो चरणको १५ प्रतिशत क्यान्सरलाई निको बनाउन सकिन्छ।’ 

अधिकांश बिरामीहरु तेस्रो तथा चौथो चरणमा मात्रै उपचारका लागि अस्पताल आउने गरेको उनले बताए।

कहाँ–कहाँ हुन्छ क्यान्सर उपचार ?
नेपालमा क्यान्सर उपचारका लागि सरकारी स्तरबाट तीन अस्पताल सञ्चालित छन्। भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा नेपालगन्जस्थित सुशील कोइराला क्यान्सर अस्पताल क्यान्सरको विशिष्टीकृत अस्पताल हुन्। 

यसबाहेक वीर, त्रिवि शिक्षण, पाटन अस्पताल, कान्ति बाल लगायतका अस्पतालहरुमा पनि क्यान्सरको आंशिक उपचार पाउन सकिन्छ। क्यान्सर ढिलो पत्ता लाग्दा यसको उपचार जटिल तथा महँगो हुने अर्का क्यान्सर रोग विशेषज्ञ डा विवेक आचार्य बताउँछन्। 

उनले भने, ‘सुरुवातको अवस्थामा पत्ता लगाउन सकेमा क्यान्सर सामान्य तथा सस्तो उपचारले नै निको हुनसक्छ।’ 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्