• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न बदलिएको समाज

64x64
सुरेश गिरी आइतबार, पुस १३, २०८२  ०८:००
1140x725

यो विषयमा लेख्ने कि नलेख्ने भन्ने द्विविधामै धेरै समय बित्यो। आजभोलि लेख्नु आफैँमा जोखिमपूर्ण काम जस्तो भइसकेको छ। सत्य बोल्नु अब साहस होइन, अपराध ठानिन थालेको छ। समाज यस्तो मोडमा पुगेको छ जहाँ “सूर्य पूर्वबाट उदाउँछ” भने पनि “ठ्याक्कै पूर्व होइन होला” भन्ने जमात तुरुन्त तयार हुन्छ। तर यस्तै समयमा नलेख्नु नै सबैभन्दा ठूलो पलायन हो। त्यसैले यो लेख आवश्यक छ।

२३ र २४ गतेको जनआन्दोलनको बहस २३ सही कि २४ सही भन्ने बिन्दुमा अल्झिनु आजको समस्या होइन। त्यो इतिहासको विषय हो। आजको प्रश्न आन्दोलनपछि के भयो भन्ने हो। के समाज बदलियो? के नागरिक चेतनामा गुणात्मक परिवर्तन आयो? के हामी जिम्मेवार भएर अघि बढ्यौँ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्दा निराशा बाहेक केही हात लाग्दैन।

मेरो निष्कर्ष स्पष्ट छ। २३ र २४ पछि समाज सुध्रिनुको साटो झनै गहिरो ध्रुवीकरणतर्फ गयो। आन्दोलनको उपलब्धि संस्थागत गर्ने सट्टा, हामी त्यसको श्रेय कसले लिने भन्ने होडमा लाग्यौँ। आन्दोलन सकिएलगत्तै जिम्मेवारी लिने होड त सुरु भयो, तर जिम्मेवारी बहन गर्ने इच्छाशक्ति कतै देखिएन। ठूला आदर्शका कुरा गर्नेहरू साना स्वार्थमा सीमित भए। एउटै उद्देश्यका लागि सडकमा उत्रिएका मानिसहरू आन्दोलनपछि छुट्टाछुट्टै च्याटिङ ग्रुप बनाएर आ–आफ्नो शक्ति गणना गर्न थाले।

त्यो बेला लाग्थ्यो, अब केही त बदलिन्छ। अब संस्थागत सुधारको बाटो खुल्छ। तर वास्तविकता उल्टो भयो। आन्दोलन साधन थियो, तर त्यसलाई नै लक्ष्य बनाइयो। परिणामस्वरूप आन्दोलनपछि पनि पुरानै सोच, पुरानै व्यवहार र पुरानै राजनीति फर्कियो।

अब राजनीतिक दलहरूको भूमिकातर्फ फर्कौँ।

नेपाली कांग्रेस, जसले देशका ठूला राजनीतिक परिवर्तनको नेतृत्व गर्‍यो, आज निर्णयहीनताको स्थायी चक्रमा फसेको छ। पार्टीभित्र नेतृत्वको स्पष्टता छैन, नीति भन्दा व्यक्तिको प्रभाव हाबी छ। हालै उपसभापतिलाई नाम मात्रको कार्यवाहक दिएर पार्टी सुधार होइन, थप आन्तरिक द्वन्द्वतर्फ धकेलिएको सन्देश गएको छ। संसदमा ठूलो दल भएर पनि सधैँ अरूलाई सरकार चलाउन दिनु कांग्रेसको नियति बनेको छ। यदि निर्वाचनअघि नेतृत्व र संरचनामा ठोस सुधार आएन भने, यो पार्टी आफैँभित्र गल्दै जाने निश्चित देखिन्छ।

नेकपा एमालेको अवस्था झनै विडम्बनापूर्ण छ। प्रधानमन्त्री कार्यालयबाट हेलिकोप्टर चढेर बाहिरिएका पात्र आज फेरि कठोर भाषण गर्दै हिँडिरहेका छन्। कम्युनिस्ट पार्टी भएर पनि लोकतान्त्रिक आवरणमा व्यक्तिकेन्द्रित राजनीति गर्नु एमालेको स्थायी चरित्र बनिसकेको छ। लोकतन्त्रको कुरा गर्ने तर पार्टीभित्र आलोचना सहन नसक्ने संस्कारले एमालेको भविष्यलाई पनि गम्भीर प्रश्नमा राखेको छ। यसको अन्तिम फैसला चुनावमा जनताले नै गर्नेछन्।
प्रचण्ड पथ अब कुनै राजनीतिक विचार होइन, अवसरवादको अर्को नाम बनेको छ। जहाँ फाइदा, त्यहीँ मोर्चा। माओवादी आन्दोलनले उठाएका वर्गसंघर्ष, समावेशिता र परिवर्तनका एजेन्डा आज भाषणका अलंकार मात्र बनेका छन्। कम्युनिस्टहरू आफैँ लडेर सकिन्छन् भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन, प्रचण्ड नेतृत्वको वर्तमान अवस्था नै पर्याप्त छ।

रास्वपाको उदयले केही आशा जगाएको थियो। “केही गर्छु” भन्ने आत्मविश्वाससहित आएको यो दलले पुरानो राजनीतिलाई चुनौती दिन्छ भन्ने अपेक्षा थियो। तर पार्टी सभापतिमाथि उठेका गम्भीर प्रश्न र अन्धभक्तहरूको अराजक समर्थनले त्यो आशामा दरार पारेको छ। के रास्वपामा सभापतिबाहेक अरू कोही छैनन्? आज यो पार्टीले पनि चुनावमा धेरै प्रश्नको जवाफ दिनैपर्ने अवस्थामा पुगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मेयरसाबको “दिनभर फोन अन गरेर बसेको भए म नै प्रधानमन्त्री हुन्थेँ” भन्ने अभिव्यक्तिले गम्भीर राजनीतिक विमर्शलाई मजाकमा झारेको छ। फोन कहिले अफ हुन्छ, कहिले अन, त्यो समयले देखाउनेछ। केही सुधारसहित अघि बढे अझै पनि सीमित आशा बाँकी छ।

जेन–जीको अवस्था झनै चिन्ताजनक छ। दिशाहीन ऊर्जा, सामाजिक सञ्जालमै सीमित सक्रियता र वास्तविक मुद्दाबाट विमुखता। पशुपति जान निस्केका युवाहरू चाँगुनारायण पुगिसकेका छन्। आवाज छ, हल्ला छ, तर गन्तव्य छैन। एक शब्दमा भन्नुपर्दा, जेन–जीको राजनीतिक चेतना र बागलुङतिरका थापाको संगीतप्रतिको बुझाइ उस्तै–उस्तै देखिन थालेको छ।

उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्छ। नआए स्वार्थ छ भन्ने कुरा अब लुकाउने विषय रहेन। बच्चाले पनि बुझ्ने स्तरमा यो स्पष्ट भइसकेको छ।
 

अब प्रश्न उठ्छ — के यो सबै गुनासो मात्र हो? समाधान के हो?

समाधान स्पष्ट छ। सीमित समयका लागि सर्वदलीय सरकार गठन गरिनुपर्छ, जसको उद्देश्य सत्ता टिकाउने होइन, संस्थागत सुधार गर्ने हो। निर्वाचन प्रणाली, प्रशासनिक संरचना, न्यायिक स्वतन्त्रता र दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ पार्नु प्राथमिकता हुनुपर्छ। ती आधार तयार नगरी फेरि चुनावमा जानु भनेको उही पुरानो समस्या नयाँ मितिमा दोहोर्‍याउनु मात्र हो।

हतार, दबाब र भावनाले राजनीति चल्दैन। जबसम्म राजनीतिक दलहरूले आफ्नो आचरण सुधार्दैनन्, जबसम्म नागरिकले प्रश्न सोध्ने संस्कार विकास गर्दैनन्, तबसम्म समाज बदलिएको अनुभूति हुँदैन।
आन्दोलन भयो। सत्ता फेरियो। अनुहार बदलिए।
तर सोच, संस्कार र जिम्मेवारी बदलिएनन्।
यही कारण हो — यो न बदलिएको समाज।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेश गिरी
लेखकबाट थप
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले?
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन
नेपालको राजनीतिमा जवाफदेहिताको संकट
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्