काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु बरालले कांग्रेस कमजोर भए लोकतन्त्र मात्र नभएर राष्ट्र कमजोर हुने बताएका छन् ।
आइतबार कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस इतिहासकै कमजोर अवस्थामा रहेको बताए ।
उनले गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा केही कांग्रेसीहरू मतियार भएको बताए ।
उनले कांग्रेस विभाजनउन्मुख भएको दाबी गर्दै यसले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले सदनमा बलियो रूपमा प्रस्तुत हुनपर्ने कांग्रेस सरकारको मतियारको रूपमा देखिएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।