काठमाडौं– नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको नेपाल टेलिकमले जनाएकाे छ । यसअनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट भदाै २४ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको विज्ञप्तिमा उल्लेख छ । अब सबै देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
यसअघि २०८२ फागुन १ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशमा यो पल्स दर पहिलेदेखि नै कायम थियो । अब बाँकी देशमा समेत मंसिर ८ देखि नयाँ पल्स दर लागु हुने टेलिकमले उल्लेख गरेकाे छ ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोडपश्चात सेवा प्रदायकको नम्बर डायल गर्नुपर्छ । विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।