काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका शाहले नेपाल–भारत सम्बन्ध, ऊर्जा, व्यापार, पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेका थिए ।
भ्रमणका क्रममा दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान हुनुका साथै काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।