• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, मंसिर ७, २०८३  १७:१०
1140x725

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई स्वागत गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सोमबार नयाँदिल्लीमा सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताए । आज भएका समझदारी र अघि बढाइएका परियोजनाको लाभ किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्नेमा उनले जोड दिए ।

शाहले नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउन तथा दुई देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने बताए । जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न पनि नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । भगवान् राम र माता जानकीको सभ्यतागत सम्बन्धले जोडिएका दुई देशबीचको मित्रता थप सुदृढ बनाउन मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै उनले भारतीय नागरिकलाई पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी भ्रमणका लागि आमन्त्रण गरे ।

यस्तो छ सम्बोधन [पूर्णपाठ]
भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू,

आदरणीय मित्रहरू,

नमस्कार।

भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवम् नेपाली जनताको स्नेह, प्रेम अनि सद्भाव भारत र यहाँका आत्मीय जनताहरूको लागि लिएर भारतको राजकीय भ्रमणमा आएको छु।

यस हार्दिक निमन्त्रणा तथा न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन। एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दछु।

भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित हामीले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल गरेका छौं। यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी तथा पूर्वाधारहरूको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन्।

हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।

मित्रहरू,

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी ऐतिहासिक उपलब्धिहरूले नेपाल-भारत सम्बन्धलाई नवीन उचाइमा पुर्‍याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो।

स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्।

नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरेका छौं।

हाम्रा पुर्खाले स्थापित गरेको यस बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल-भारत सम्बन्धलाई नयाँ युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्ने एवं हाम्रा नवयुवापुस्ताका लागि संभावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी आज समयले हामीलाई सुम्पेको छ।

मित्रहरू,

यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं। आगामी दिनमा, भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने 'आईआईटी' मा अध्ययन गर्न आउने वातावरण बनाउनुका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।

हाम्रा दुई मुलुकको समृद्ध भविष्यको लागि मिलेर काम गर्न हामीले 'जोइन्ट भिजन डकुमेन्ट' एवम् हाम्रा साझा उपलब्धिहरू 'जोइन्ट प्रेस रिलिज' मार्फत यहाँहरू समक्ष प्रस्तुत गर्दैछौं।

यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। साथै, मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु।

नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बहोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्।

हामी सबैको जय होस्।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ]
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु
सम्बन्धित सामग्री
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सोमबार नयाँदिल्लीमा सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेनले यो भेटवार्... सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
लिबियाको तटमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्