• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै

64x64
नेपाल लाइभ सोमबार, मंसिर ७, २०८३  १९:४२
1140x725

रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वर्षौंदेखिको प्रतीक्षामा अब सकारात्मक संकेत देखिएको छ । भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना बलियो बनेको हो ।

नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बोधन भएको हो । नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि देखिएको प्रमुख अवरोधमध्ये एक हटाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलपछि जारी संयुक्त वक्तव्यमा हवाई रुटलाई दुईतर्फी बनाउने विषय उल्लेख गरिएको छ । सहमतिअनुसार यससम्बन्धी प्राविधिक पक्ष, सञ्चालन मोडालिटी तथा नागरिक उड्डयनका अन्य प्रस्तावलाई टुंगो लगाउन दुवै देशका अधिकारीबीच थप परामर्श हुनेछ ।

यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई प्रवेशमार्गको विषय पटक–पटक उठ्दै आएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि सहज हवाई रुटको अभाव, प्राविधिक जटिलता, एयरलाइन्सको व्यावसायिक आकर्षण तथा अन्तर्राष्ट्रिय उडानको नियमितता कायम गर्न नसक्दा विमानस्थलले अपेक्षित गति लिन सकेको थिएन ।

अब भारतसँग हवाई रुटमा सहमति जुटेसँगै गौतमबुद्ध विमानस्थलको सञ्चालनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

सांसद अग्रवालको ‘गुड न्यूज’ अब यथार्थतर्फ

हवाई रुटसम्बन्धी सहमति जुट्नुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे छिट्टै सकारात्मक खबर आउने संकेत गरेकी थिइन् ।

भैरहवामा चेम्बर अफ कमर्स रुपन्देहीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अग्रवालले विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा चाँडै ‘गुड न्यूज’ आउने बताएकी थिइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई यस विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अवसरका रूपमा लिएकी थिइन् ।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी एकदमै छिट्टै गुड न्यूज पाउनेवाला छौँ । त्यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको प्रतीक्षा गर्नुपर्नेछ,’ उनले कार्यक्रममा भनेकी थिइन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति जुटेसँगै अग्रवालले व्यक्त गरेको अपेक्षा सकारात्मक परिणामतर्फ अघि बढेको देखिएको छ । विमानस्थल सञ्चालनका लागि संसदमा पाँच पटकसम्म आवाज उठाइसकेको बताउँदै आएकी अग्रवालले गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेकी थिइन् ।

उनका अनुसार विमानस्थल सञ्चालनको विषय केवल भौतिक पूर्वाधार निर्माणमा सीमित छैन । हवाई रुट, प्राविधिक सहजता, अन्तर्राष्ट्रिय एयरलाइन्सको आकर्षण, निजी क्षेत्रको सहभागिता र सञ्चालनको व्यावसायिक वातावरण पनि उत्तिकै महत्वपूर्ण छन् ।

उडान भए, तर नियमितता कायम हुन सकेन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसकेको छ । यस अवधिमा फ्लाई दुबई, थाई एयर र जजिरा एयरजस्ता अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवाबाट उडान सञ्चालन गरे पनि ती उडान दीर्घकालीन रूपमा नियमित हुन सकेनन् ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुँदै नहुने अवस्था नभए पनि निरन्तरता कायम गर्न नसक्नु मुख्य चुनौतीका रूपमा रहँदै आएको छ । यात्रुको उपलब्धता, एयरलाइन्सको व्यावसायिक सम्भावना, हवाई रुटको सहजता, प्राविधिक तथा सञ्चालन खर्चलगायतका पक्षले उडान नियमिततामा प्रभाव पारेका छन् ।

सांसद अग्रवालले पनि विमानस्थलको समस्या निर्माण वा पूर्वाधारसँग मात्रै जोडिएको नभई अन्तर्राष्ट्रिय हवाई रुट र एयरलाइन्सलाई आवश्यक व्यावसायिक वातावरणसँग सम्बन्धित रहेको बताएकी थिइन् ।

अब भारतसँग हवाई रुटको विषयमा सहमति जुटेपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न एयरलाइन्सका लागि थप सहज वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ ।

 एक दशकदेखिको प्रयासमा ब्रेक थ्रु

नेपालले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतसँग थप हवाई प्रवेशमार्गको माग गर्दै आएको थियो । सीमित प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालनमा कठिनाइ हुँदै आएको नेपालको भनाइ थियो ।

भारतको हवाई क्षेत्र प्रयोग गरेर नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहज प्रवेश पाउने व्यवस्था भएमा अन्तर्राष्ट्रिय विमान कम्पनीलाई उडान योजना बनाउन, समय र दूरी व्यवस्थापन गर्न तथा व्यावसायिक सम्भावना मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा समेत हवाई रुटको विषय उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक विषय, सुरक्षा चासो तथा हवाई क्षेत्र व्यवस्थापनका विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।

यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणमा उक्त विषयले प्राथमिकता पाउँदै सहमतिको चरणमा पुगेपछि नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीलाई व्यावसायिक प्रतिफलमा बदल्ने बाटो खुल्ने संकेत देखिएको छ ।

भैरहवाको अर्थतन्त्रमा नयाँ आशा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन सके त्यसको प्रभाव लुम्बिनी प्रदेश मात्र नभइ समग्र पश्चिम क्षेत्रलाइ पर्ने नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको भनाइ छ । यसले पर्यटन, होटल, यातायात, ट्राभल व्यवसाय, व्यापार, रोजगार र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उनले बताए । 

‘दुइ देश बिचको यो सम्झौताले हामीलाइ खुशी बनाएको छ, यसको हामी स्वागत गर्छौ,’ उनले भने ‘अब यहा नियमित उडान हुनुपर्छ र यसको लागि सरकारालाइ निजि क्षेत्रको खाचो परे हामी सहकार्य गर्न तयार छौ।’

विमानस्थल सञ्चालन नियमित भए र लुम्बिनी आउने विदेशी पर्यटकलाई सहज हवाई पहुँच उपलब्ध गराउन सके बुद्ध जन्मस्थलको पर्यटन प्रवद्र्धनमा समेत नयाँ अवसर सिर्जना हुन सक्छ । भारत, तेस्रो मुलुक तथा विभिन्न बौद्ध धर्मावलम्बी राष्ट्रबाट आउने पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी प्रवेश सहज बनाउन विमानस्थल महत्वपूर्ण माध्यम बन्न सक्ने उनको धारणा छ । 

सहमतिपछि अब कार्यान्वयनको परीक्षा

भारतसँग हवाई रुटसम्बन्धी सहमति हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको वास्तविक प्रभाव कार्यान्वयनपछि मात्रै देखिनेछ । दुईतर्फी रुट सञ्चालनको प्राविधिक मोडालिटी टुंग्याउने, आवश्यक प्रक्रिया पूरा गर्ने, एयरलाइन्सलाई आकर्षित गर्ने र उडान तालिका नियमित बनाउने काम अब प्राथमिकतामा रहनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुटको सहजता मात्र पर्याप्त हुँदैन । आइएलएस प्रयोग गर्दा भारतीय हवाइ क्षेत्र प्रयोग हुने भएकोले यसबारे पनि सहमति आवश्यक छ तर अहिलेको सम्झौताले यस बिषयमा केहि नबोलेकोले यस क्षेत्रका ब्यवसायी अशंकित बनेका छन । यस बाहेक यात्रुको माग, एयरलाइन्सको व्यावसायिक हित, विमानस्थल सेवा, भिसा तथा पर्यटन सहजीकरण, प्रचारप्रसार र निजी क्षेत्रको सक्रिय सहभागिता पनि आवश्यक हुनेछ श्रेष्ठको ठम्याइ छ ।

यद्यपि, एक दशकभन्दा लामो समयदेखि उठ्दै आएको हवाई रुटको मुद्दामा सहमति जुट्नु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण मोड मानिएको छ ।

भैरहवाले वर्षौंदेखि प्रतीक्षा गरेको ‘गुड न्यूज’ अब केवल आश्वासनमा सीमित नरही अन्तर्राष्ट्रिय उडानको नियमितता, विमानस्थलको पूर्ण सञ्चालन र क्षेत्रीय आर्थिक विकासमा रूपान्तरण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
सम्बन्धित सामग्री
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । यसले गौ... सोमबार, मंसिर ७, २०८३
व्यवसायी चन्द्र ढकाल बने सार्क चेम्बरको पर्यटन समिति संयोजक माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकाललाई यस्तो जिम्... बुधबार, मंसिर २, २०८३
पोखरा विमानस्थल अनियमितता मुद्दा : चीनसँग लिएको ऋण र भुक्तानी विवरण झिकाउन विशेष अदालतको आदेश विशेष अदालतले नेपाल सरकारले विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणको रकम, भुक्तानी प्रक्रिया र हालसम्म तिरिएका किस्ताको विस्तृत वि... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु सोमबार, मंसिर ७, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै सोमबार, मंसिर ७, २०८३
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी सोमबार, मंसिर ७, २०८३
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान सोमबार, मंसिर ७, २०८३
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्