गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै आगामी वर्षका लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख विनियोजन गरेको जानकारी दिए ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् कुल बजेटको ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् ०.७६ प्रतिशत बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
आगामी वर्षका लागि प्रदेश सरकारले चालु खर्च १ प्रतिशतले घटाउन सफल भएको उनले जानकारी दिए । खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८७ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपुरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।