काठमाडौँ –प्रतिनिधि सभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ ।
ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएपछि राईलाई कारबाही गरिएको हो।
सोमबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,सुनसरीले कारबाही गरेको हो।
हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेका थिए ।
उनी त्यो दिन दुर्घटनामा समेत परेका थिए । दुर्घटनामा हातमा सामान्य चोट लागेको सांसद राईले नै सामाजिक सञ्जालमा राखेको भिडियो देखिएको थियो ।
साम्पाङको उक्त भिडियो सार्वजनिक भएसँगै धेरैले सामाजिक सञ्जालमार्फत् कारबाहीको माग गरेका थिए ।
‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ’, प्रहरीले भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।