• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी

विप्लव अधिकारी शुक्रबार, चैत २७, २०८२  १२:४०
1140x725

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०८२ चैत २९ र ३० गते काठमाडौंमा आयोजना हुने तय भएको थियो। नयाँ नेतृत्व चयनका लागि अञ्जन श्रेष्ठ र हेमराज ढकाललगायतका प्यानलहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। संस्थागत सुधार, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको आवाजलाई सशक्त बनाउने उद्देश्यसहित सभा आयोजना गरिन लागेको थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति बन्ने लगभग निश्चित नै देखिन्थ्यो।

प्रदेश तहसम्मका अधिवेशन सम्पन्न भइसकेका छन्। एसोसिएट र जिल्ला–नगर प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। तर, वस्तुगततर्फ देखिएको प्रतिनिधित्व विवादले गम्भीर मोड लियो। पेट्रोलियम ढुवानी व्यवसायी लगायत १८ वटा संघ/महासंघहरूले दायर गरेको रिटका आधारमा उच्च अदालत पाटनले अर्को सूचना नभएसम्मका लागि साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।

यो परिस्थिति केवल कानुनी विवादको परिणाम मात्र होइन, महासंघभित्रैको संरचनात्मक कमजोरी र आपसी अविश्वासको प्रतिफल पनि हो। राजनीतिक दलहरूलाई आलोचना गर्न हामी पछि पर्दैनौं, तर आफ्नै संस्थागत सुधारमा भने चुकेका छौं भन्ने यथार्थ यस घटनाले उजागर गरेको छ।

व्यक्तिगत रूपमा नेपाल औषधि उत्पादक संघको अध्यक्ष तथा वस्तुगत सदस्य उम्मेदवारको हैसियतले यसपटक महासंघलाई नजिकबाट नियाल्ने अवसर पाएँ। बाहिरबाट हेर्दा व्यवस्थित, स्रोतसाधन सम्पन्न र स्पष्ट कार्यदिशासहितको संस्थाजस्तो लाग्ने महासंघभित्र गुट–उपगुटको जरा कति गहिरो रहेछ भन्ने देख्दा निराश हुनुपर्‍यो। गरिमा र प्रतिष्ठाभन्दा गुटीय जित–हारमा केन्द्रित सोचले महासंघलाई दीर्घरोगझैं कमजोर बनाएको छ।

यद्यपि, वर्तमान अवस्थाको सम्पूर्ण दोष वर्तमान नेतृत्वमाथि मात्र थोपर्नु न्यायोचित हुँदैन। कार्यसमितिले नियमअनुसार सदस्यता सम्बन्धी निर्णय गरिसकेको अवस्थामा त्यसलाई चुनौती दिँदै अदालत पुग्ने कदमले समस्या थप जटिल बनायो। अझ विडम्बना त के भने, महासंघ आफैं आफ्नो निर्णयको पक्षमा दृढ उभिन नसकी राजनीतिकरणतर्फ धकेलियो। कार्यकारिणीभित्रै बहुमतको निर्णय अस्वीकार गर्ने प्रवृत्ति र नेतृत्वविरुद्ध धावा बोल्ने अभ्यासले आजको संकट निम्त्याएको हो।

संस्थामा ‘नोट अफ डिसेन्ट’ लेख्ने अधिकार हुन्छ, असहमति राख्न पाइन्छ। तर, अन्ततः बहुमतको निर्णय स्वीकार गर्नु संस्थागत अनुशासन र मर्यादाको आधारभूत शर्त हो। महासंघकै निर्णयविरुद्ध मुद्दा दायर गर्न प्रेरित गर्नु वा त्यसमा संलग्न हुनु कानुनी रूपमा जायज देखिए पनि संस्थागत दृष्टिले उचित होइन।

सर्वसम्मत नेतृत्वलाई समेत गुटीय रंग दिन खोज्ने प्रवृत्ति यस संकटको अर्को कारण हो। यदि यस्ता कदमहरू नचालिएका भए, आजको अन्योल र अधिवेशन स्थगनको अवस्था सिर्जना हुने थिएन। महासंघका सदस्यहरूबीच नै अविश्वास, नेतृत्व अस्वीकार गर्ने प्रवृत्ति र एक–अर्काविरुद्ध अदालत जाने अभ्यासले संस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

अब समाधानको बाटो स्पष्ट छ—संवाद, सहमति र आत्मसुधार। महासंघका अग्रजहरू, वर्तमान नेतृत्व र सबै पक्षबीच तत्काल बैठक बसी विवादको न्यायोचित समाधान खोजिनुपर्छ। यस्तो गरिमामय संस्थाको महाधिवेशन सार्वजनिक उपहासको विषय बन्नु हुँदैन। यो सम्पूर्ण उद्योगी–व्यवसायी समुदायको प्रतिष्ठासँग जोडिएको विषय हो।

Ncell 2
Ncell 2
nimb
nimb

यतिबेला सरकार बजेट निर्माणको तयारीमा केन्द्रित छ। निजी क्षेत्रका समस्याहरू समाधान नगरी देशको अर्थतन्त्र माथि उठ्न सक्दैन। तर विडम्बना, उद्योगी–व्यवसायीहरू अनुसन्धानका नाममा अनावश्यक रूपमा हिरासतमा राखिने, बैंक खाता रोक्का गरिने र कारोबारमा अवरोध सिर्जना गरिने जस्ता व्यवहार झेलिरहेका छन्। अनुसन्धान आवश्यक छ, दोषीलाई कारबाही पनि हुनुपर्छ। तर अनुसन्धानकै नाममा व्यवसाय ध्वस्त पार्ने र मानसिक रूपमा प्रताडित गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य छैन।

आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्संरचना गर्न आवश्यक छ। उद्योगी–व्यवसायीलाई ठग वा तस्करको रूपमा हेर्ने दृष्टिकोणले निजी क्षेत्र र सरकारबीच दूरी बढाएको छ। यो सोच परिवर्तन गर्नैपर्छ।

हामीसँग साझा चुनौतीहरू धेरै छन्- अर्थतन्त्रको पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना, नीतिगत स्थायित्व। यी सबै समस्या समाधान गर्न एकता अपरिहार्य छ। त्यसैले, संस्थागत विवादमा अल्झिरहनुभन्दा महाधिवेशन छिटो सम्पन्न गर्ने दिशामा अघि बढ्नुपर्छ।

जिल्ला–नगर र एसोसिएट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्। वस्तुगत संघहरूको मताधिकारको विषयलाई प्रतिष्ठाको लडाइँ नबनाई व्यवहारिक समाधान खोजिनुपर्छ। आवश्यक भए सच्याउने काम पछि गर्ने गरी अहिले महाधिवेशन सम्पन्न गर्न सबै पक्ष तयार हुनुपर्छ।

यदि अहिले पनि हामीले एकता, सहमति र संस्थागत मर्यादालाई प्राथमिकता दिएनौं भने, महासंघभित्र नयाँ प्रकारको असन्तोष र ‘क्रान्ति’को बीजारोपण हुनसक्छ। त्यसैले, यो समय आरोप–प्रत्यारोपको होइन, आत्मसमीक्षा र एकताको हो।

(नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य उम्मेदवार हुन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्