काठमाडौँ– पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी विधानसभा निर्वाचनमा पराजित भएकी छिन् ।
भवानीपुरमा उनलाई भारतीय जनता पार्टी (भाजपा) का सुवेन्दु अधिकारीले झन्डै १५ हजार १ सय ५ मतले हराएको भारतीय सञ्चारमाध्यम टेलिग्राफ इन्डियाले जनाएको छ ।
सुवेन्दुले लगातार दोस्रोपटक ममतालाई हराएका हुन् । २०२१ को विधानसभा निर्वाचनमा नन्दीपुरबाट ममता सुवेन्दुसँगै पराजित भएकी थिइन् ।
निर्वाचनमा भाजपाले स्पष्ट बहुमत ल्याएको छ । हिन्दूस्तान टाइम्समा प्रकाशित पछिल्लो मतपरिणामअनुसार भाजपा १ सय ७६ सिटमा विजयी भएको छ । त्यस्तै ३३ सिटमा अग्रता बनाएको छ । बेनर्जीको त्रिणमुल कंग्रेस (टिएमसी) ले ६० सिट जितेको छ भने थप १८ सिटमा अग्रता बनाएको छ ।
सन् २०११, २०१६ र २०२१ गरी लगातार तीनवटा निर्वाचनमा बहुमत ल्याएर बेनर्जी नेतृत्वमा टिएमसीले बंगालमा सरकार चलाएको थियो । यस निर्वाचन परिणामले टिएमसीलाई प्रतिपक्षमा पुर्याएको छ ।
पश्चिम बंगालमा कुल २९४ विधानसभा सिट छन् । जसमध्ये १ सिटमा २१ मेमा पुनः मतदान भएपछि २४ मेमा नजिता सार्वजनिक हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।