• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विश्वव्यापी बन्दै छठ पर्व

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २९, २०८३  ०७:४०
1140x725

काठमाडौं । छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महत्वले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले समाजमा समानता र समावेशिताको सन्देश दिने उनको भनाइ छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै महत्वले मिथिला, भोजपुरा र अवध क्षेत्रका मानिसहरू रोजगारी तथा अन्य कारणले विश्वका विभिन्न ठाउँमा पुगे पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेको बताए । अहिले भारतको बिहार र दिल्लीदेखि काठमाडौंसम्म छठ पर्व व्यापक रूपमा मनाउन थालिएको उनले उल्लेख गरे ।

उनले भने, ‘तराई र मधेश मात्रै होइन, अहिले छठ पर्व विश्वव्यापी हुँदै गइरहेको छ । जहाँ–जहाँ मिथिला, भोजपुरा र अवध क्षेत्रका साथीहरू गएर बसेका छन्, त्यहाँ पनि छठ पर्व मनाउने चलन बढेको छ । अहिले काठमाडौंमै हेर्नुभयो भने चारैतिर छठ माताको पूजा हुन्छ ।’

छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने उल्लेख गर्दै उनले प्रसाद तयार पार्ने र सुकाउनेदेखि पूजाका सामग्रीको संरक्षणसम्म विशेष सावधानी अपनाइने बताए । चराचुरुङ्गीले समेत प्रसाद नछोऊन् भनेर ध्यान दिइने र श्रद्धा तथा विश्वासका साथ पूजा गरिने उनको भनाइ छ । 

छठ पर्वको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तिथिमिति नभए पनि यसको परम्परा परापूर्वकालदेखि चलिआएको उनले बताए । महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले द्रौपदी र सती अनुसूयाले पनि छठी माताको पूजा तथा व्रत गरेको धार्मिक किंवदन्ती रहेको बताए ।

उनले भने, ‘महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने चलन थियो। त्यस्तै, द्रौपदीले आफ्नो गुप्तवास सफल होस् र पतिहरूको आयु लामो होस् भनेर छठी माताको पूजा गरेको तथा सती अनुसूयाले श्रीमान्को रक्षाका लागि व्रत गरेको किंवदन्ती छ ।’

महत्वले छठ पर्वलाई सामाजिक समानता र समावेशिताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरे। एउटै घाटमा धनी, गरिब, दलित, जनजाति तथा विभिन्न समुदायका मानिसले सँगै पूजा गर्ने र जातीय विभेदबिना प्रसाद ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।

उनले भने, ‘एउटै घाटमा दलितले पनि पूजा गर्छन्, त्यही घाटमा अरू उच्च वर्ग भनिने समुदायका मानिसले पनि पूजा गर्छन्। छठको प्रसादमा छुवाछूत मानिँदैन । जसको हातबाट दिए पनि ठूलो श्रद्धाका साथ प्रसाद ग्रहण गरिन्छ। त्यसैले यो अत्यन्त समावेशी पर्व हो ।’

Ncell 2
Ncell 2
nimb
nimb

छठ पर्व प्रकृतिसँग प्रत्यक्ष जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसमा प्रयोग गरिने प्रसाद पनि प्राकृतिक उत्पादनमा आधारित हुने बताए । नरिवल, मुला, गाजर, सुन्तला, फलफूल तथा ठेकुवालगायत सामग्री पूजामा चढाइने र पर्वका अवसरमा जलाशय, घरआँगन तथा आवतजावत गर्ने बाटोसमेत सरसफाइ गरिने उनले बताए ।

उनका अनुसार छठ पर्वले जलस्रोत र वातावरण संरक्षणको महत्त्वसमेत बुझाउँछ । कोभिड महामारीका बेला सार्वजनिक जलाशयमा जान सम्भव नभएपछि मानिसहरूले घरकै छतमा जलाशय बनाएर पूजा गरेको उदाहरण दिँदै उनले छठको विधि र परम्परा संसारका जुनसुकै ठाउँमा पनि मूलतः समान रहने बताए ।

छठ पूजाका लागि ठूलो पुरोहित वा पण्डित आवश्यक नपर्ने र व्रतालु आफैँले श्रद्धापूर्वक सूर्यदेवलाई अर्घ दिने तथा छठी माताको पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ । पछिल्लो समय महिलासँगै पुरुषहरू पनि व्रत बस्ने चलन बढ्दै गएको उनले बताए ।

उनले भने, ‘सूर्यलाई हामी ऊर्जाको स्रोत भन्छौँ । यो ऊर्जाको स्रोतको संरक्षण गर्ने पर्व पनि हो। छठको महत्त्व र यसले दिने समावेशिताको सन्देशलाई जीवनमा उतार्न सकियो भने समाजलाई अग्रगतिको दिशामा लैजान मद्दत पुग्छ ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार गाउँ र सहरमा छठ मनाउने क्रममा घाट सजावट, बिजुली बत्ती र तामझाममा केही भिन्नता देखिए पनि सूर्य र छठी माताको पूजा गर्ने मूल विधि भने सबै ठाउँमा समान छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वव्यापी बन्दै छठ पर्व
जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो
आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै
सम्बन्धित सामग्री
विश्वव्यापी बन्दै छठ पर्व छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महत्वले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भाव... आइतबार, कात्तिक २९, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? हिजो प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनुपर्ने अवस्थामा पुर्‍याए... शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा सरकारले सम्बन्धित मन्त्रालय, यातायात व्यवस्था विभाग, प्रदेश तथा स्थानीय सरकार, राइड शेयरिङ कम्पनी, राइडर प्रतिनिधि र उपभोक्ता अधिकार... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
विश्वव्यापी बन्दै छठ पर्व आइतबार, कात्तिक २९, २०८३
जापानले १३ महिनाभित्र दोस्रोपटक ब्राजिललाई हरायो आइतबार, कात्तिक २९, २०८३
आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै आइतबार, कात्तिक २९, २०८३
एनपीएलमा आज २ खेल हुँदै आइतबार, कात्तिक २९, २०८३
छठ पर्वले सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने गगनकाे विश्वास आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्