काठमाडाैं - पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको साेमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते महतोलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पु-याइएकोमा उपचारको क्रममा उनको मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बुद्धिराम महतो र मोटरसाइकल चालक यम बहादुर पौडेल घाइते भएका छन् । दुवै जनाको अहिले उपचार भइरहको छ ।
एउटै मोटरसाइकलमा तीन जना सवार थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।