काठमाडौं – निर्वाचन आयोग स्थानीय निर्वाचनको तयारीमा जुटेको छ ।
यही प्रयोजनका लागि छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको छ। आयोगले पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्ने जनाइएको छ।
दलहरुलाई आज पठाइएको पत्रमा मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोग कार्यालयमा उपस्थित हुन भनिएको छ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। त्यसैगरी, प्रदेशसभा निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी छ।
स्थानीय तहको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने र त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।