• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लोकपर्व छठ र यसका विभिन्न महत्वहरु

आनन्द अस्तित्व आइतबार, कात्तिक २९, २०८३  ०८:०९
1140x725

संसारका लगभग सबै संस्कृतिमा सूर्य उपासनाको महत्वपूर्ण स्थान रहि आएको छ तर भारत र नेपालको भोजपुरी र मैथिली भाषी क्षेत्रमा सूर्य उपासनाको रुपमा छठ पर्वको संस्कृति नै पाइन्छ ।

आज जुन–जुन ठाउँमा ई समुदायका मानिसहरु गएका छन त्याहाँ यो पर्व मनाइन्छ र साथै सँगै बसेका समुदायको बीचमा पनि यो पर्वले ब्यापकता पाएको भेटिन्छ । आजको बैज्ञानिक यूगमा जुन पर्व अथवा सँस्कृतिको बैज्ञानिक महत्व हुन्छ त्यो पर्व र सँस्कृतिको ब्यापता र प्रचार प्रसार संसार भरी नै भएको छ, जस मध्ये एउटा छठ पनि हो । बिजयादशमी, तिहार, ईद, लोह्सार र नेपालसंवत सँगै नेपालको तराई–मधेशमा मनाईने गरिएको सूर्यको अनुष्ठानको रुपमा संसार भरि नै परिचित “महापर्व छठ” विगत एक दशक देखी काठमाण्डौ उपत्यका लगायत देशका हरेक ठाँउमा मात्रै नभई विदेशमा समेत हर्षोलासका साथ मनाउने क्रम अघि बढेको छ र यस पर्वले बिस्तारै राष्ट्रिय स्वरुप लिसकेको छ । वर्तमान सन्दर्भमा नेपालका हरेक जाति÷समुदाय द्वारा लगभग हरेक जिल्लामा र काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन्छ । महापर्व छठ पर्वको महत्व धार्मिक मात्रै नभई साँस्कृतिक, समाजिक, ऐतिहासिक, पर्यटकिय, बिउ तथा पर्यावरण संरक्षण लगायत वैज्ञानिक महत्व पनि छ ।

छठको अर्थ: हिन्दु क्यालेन्डरको अनुसार छठको अर्थ सँख्या छौ हो जुन कार्तिक महिना शुक्लपक्षको छैठौ दिन अर्थात षष्ठी तिथिलाई जनाउँछ तर वैज्ञानिक दृष्टिकोणबाट हेर्दा छठ शब्द दुइटा शब्द अर्थात छह् (छौवटा अवस्था) र हठ (हठ योग ) मिलेर बनेको शब्द हो, अर्थात शाब्दिक रुपले छठ को अर्थ छौवटा अवस्थामा गरिने एक किसिम को हठ योग (जुन योगको माध्यमले प्रत्यक्ष सौर्य शक्ति प्राप्त गर्न सकिन्छ) जस्तै एउटा प्रक्रिया हो । छठ पर्व निरन्तर रुपले प्रकाशबाट शक्ति प्राप्त गरिने प्रक्रिया हो । छठ गर्दा सूर्यको प्रकाशमा भएको ‘फोटोन’ भनिने शक्ति ब्रतालुको आँख र छालाको माध्यमबाट मस्तिष्कमा गई जैबिक विधुत (करेन्ट) उत्पन्न गर्छ जसको कारणले सम्पूर्ण शरिर सौर्य शक्तिबाट चार्ज भइहाल्छ ।

छठ पर्वको इतिहास: छठ पर्व कहिले देखि शुरु भयो यसको कसैले ठोस प्रमाण भेटेको छैन तर विभिन्न यूग र कालखण्डमा विभिन्न प्रमाणहरु उल्लेख छन । सत्यूगमा पुलस्त्य मुनी र सत्यब्रती भीष्मको वार्तालापमा छठको उल्लेख पाइन्छ त केही विद्वानहरुको भनाई छ कि त्रेता यूगमा भगवान राम र सिता वनवासबाट फर्के पछि छठ व्रत गरी सूर्य पुजा गरेका थिए र त्यो नै आजसम्म चलिआएको छ । द्वापरमा महाभारत कालखण्डमा पाण्डवहरुको अज्ञातवासको बेला पाण्डवहरुको कल्याण होस् र युद्धमा विजय होस् भनि राजा विराटको घरमा (हालको विराटनगर) द्रौपदी सूर्य भगवानको पूजा अर्थात छठ पूजा गर्नुभएको थियो । अर्को मान्यताको आधारमा अंग देशको राजा सूर्य पुत्र दानवीर कर्ण सूर्य पूजा (छठ पूजा) गर्नु भएको थियो भनेर कथा छ । स्कन्द पुराणमा विस्तृत चर्चा सहित भनिएको छ कि ‘यो ब्रत नियम, निष्ठा पूर्वक जो पनि गर्न सक्छ, जात वा धर्म को कुनै बन्धन छैन । स्त्री–पुरुष (सबै उमेरको ) यो ब्रतका अधिकारी हुन ।’ यसबाट के स्पष्ट हुन्छ कि यो पर्व पौराणिक काल भन्दा पनि पहिले देखि प्रचलनमा छ । इन्साक्लोपेडियाको अनुसार यो पर्वको उल्लेख हिन्दु धर्मको सबैभन्दा पुरानो ग्रन्थ ‘ऋगवेद’ मा पनि छ । ऋगवेदमा सूर्य पूजाको महत्वको वर्णन गरिएको छ कि “ हे जाज्वल्यमान सूर्यदेव, जब तिमि उषाको काखमा उदाउँछौं,, तब भक्तजनहरु गीत गाएर तिम्रो स्तुति गर्दछन” । ऋगवेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ र ऋगवेद कै अनुसार उदयकालीन र मध्यकालीन सूर्यको उपासना गर्नाले दीर्घआयु प्राप्त गर्न सकिन्छ । अथर्ववेदमा सूर्यलाई औषधिकार घोषित गरिएको छ । सूर्यको देवत्वलाई संसारको लगभग सबै संस्कृतिले स्विकार गरेको छ । सूर्योपनिषदमा सूर्यलाई ब्रह्मा, विष्णु, महेशको शक्तिको रुपमा चर्चा गरिएको छ । वेदमा उल्लेख भए अनुसार उषालाई (पहिलो किरण) नै छठ परमेश्वरी भनिन्छ । साम्वपुराणमा आफ्नै बुवा श्रीकृष्ण र महर्षि दुर्वासाको श्रापबाट भयंकर कुष्टरोगÞबाट पिडि़त साम्व सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त भएको चर्चा गरिएको छ । सूर्यपुराण अनुसार सबभन्दा पहिला अत्रि मुनिकि पत्नी सति अनुसुइया अटल सौभाग्य र सदैव पतिको प्रेम पाउन छठ व्रत गर्नु भएको थियो । सातौ सताब्दीमा उत्तर भारतको राजा सम्राट हर्षवद्र्धनको दरबारको प्रसिद्ध कवि वाण भट्टको साला र प्रसिद्ध कवि मयूर भट्ट आफ्नै छोरीको श्रापको कारण कुष्टरोगबाट पिडि़त भएको कारण सूर्य उपासना गर्दा फेरी सुन्दर र स्वस्थ शरिर प्राप्त गर्नु भएको इतिहास छ र त्यस पछि नै छठ पर्वको प्रचार प्रसार भएको मान्यता छ । मयुर भट्ट निको भइसके पछि ‘सूर्यशतकम्’ भन्ने किताबको पनि रचना गरे । बैज्ञानिक दृष्टिकोणबाट हेर्दा वेदको समयबाट नै यो पर्वको प्रचलन छ । हिमालयमा तपस्या गर्ने प्राचिन ऋषि मुनीहरु यो छठ प्रक्रियाको माध्यमले सूर्यको किरणमा हुने सौर्य शक्ति प्राप्त गरी महिनो–सालो खाना नखाई तपस्या गर्थे । ज्योतिषिय दृष्टिकोणले कार्तिक र चैत्र महिना शुक्लपक्ष को छैठौ दिन अर्थात षष्ठी तिथिका दिन सूर्यको शक्ति क्षीण तथा अवस्था कमजोर भएकोले संसारका लागि शक्तिका प्रमुख स्रोत सूर्यलाई अर्घ दिएर शक्ति प्रदान गर्ने मान्यताले यो पर्व मनाउने चलन छ । ऋगवेद संसारको सबभन्दा पुरानो ग्रन्थ भएको र त्यसमा छठ पर्वको चर्चा गरिएकोले छठ पर्वलाई संसार कै सब भन्दा पुरानो पर्व पनि भन्न सकिन्छ ।

छठ पर्व सम्बधि किम्दन्तीहरु: छठ पर्व सम्बन्धि विभिन्न प्राचीन किम्दन्तीहरु पाइन्छन । एउटा कथा यस्तो छ । एक समयमा नैमिषारण्यमा सर्वशास्त्रज्ञ शौनक मूनि सूतज्यूसँग जिज्ञासा राख्नु भयो कि यस पृथ्वीमा कोही निसंतान छन् भने कसैको पुत्रको अल्पआयु मै निधन हुन जान्छ भने त्यस्ता व्यक्तिहरुको दुःख कसरी हरण हुन सक्छ । सूतज्यूबाट आज्ञा भयो यही कुरा सत्यव्रती भीष्म (ब्रह्माजीको मानस पुत्र)ले पुलस्त्य मूनि (सप्तऋषि मध्येको एक जना ऋषि)सँग सोध्नु भएको थियो । पुलस्त्य मूनिले जबाब दिनु भयो, प्राचीन कालमा एउटा राजा कुष्ठ रोगले पीडित भए पछि एक जना ब्राह्मणको सल्लाहमा छठ व्रत गरे पछि कुष्ठ रोग निको भयो र त्यसको प्रचार–प्रसार भई सबै किसिमका दुःखी, रोगी, र निसन्तान दम्पतिहरुले छठ व्रत गरी मनोवांछित फल प्राप्त गरे । एउटा अर्को पनि कथा यस्तो छ । प्राचीन कालमा एक जना साहुकार कुष्ठ रोगबाट पिडित भएर गाँउ बाहिर पोखरीको डिलमा बस्न थालें र त्यही पोखरीमा स्नान गरी बिहान बेलुका सूर्यलाई अर्घ दिन थाले । कुष्ठ रोगको पिडा खप्न नसकेर मृत्युको सधै आह्वान गर्न थाले तर एक दिन बेलुका सूर्यलाई अर्घ दिदै गर्दा एक जना देवी प्रकट भई आर्शिवाद दिई विलिन भइन र साहुको कुष्ठ रोग निको भयो । साहुलाई आर्शिवाद दिने देवी कुन देवी हुन भनी ठम्याउन नसकेर देवी प्रकट भएको दिन कार्तिक षष्ठीकै नामबाट देवीको नाम छठी मातको नाममा पुजा गर्न थालिएको हो । देवी बेलुका नै प्रकट भएकोले तथा सम्पूर्ण मन्त्रका स्वामि सूर्य नरायण दिउसो काम सकेर बेलुका वैकुण्ठ जाने भएकोले सूर्यलाई माध्यम बनाई आफ्नो अर्घ तथा प्रार्थना छठी मैया सम्म पुर्याई दिन आग्रह गर्ने चलन चलेको किम्बदन्ती छ । 

छठ पर्वको वैज्ञानिक महत्व: वैज्ञानिक अथवा योगको भाषामा छठ, छौवटा अवस्थामा गरिने हठ योग जस्तै योगको माध्यमले सूर्यको किरणमा रहेको सौर्य शक्ति प्राप्त गर्ने विधी हो । 

छठको छौवटा अवस्था (प्रकाश शक्ति प्राप्त गर्ने प्रक्रिया):

अवस्था १: उपवास, सरसफाई र विशेष अनुशासनको कारणले शरिर र दिमागलाई निविर्षीकरण (डिटोक्सिफीकेसन) गर्न मद्दत मिल्छ । यो अवस्था ब्रतालुहरुको शरिर र दिमागलाई कौस्मिक सौर्य शक्ति प्राप्त गर्न तैयार गर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

अवस्था २: आधा शरिर पानीमा डुबाई उभिदा प्राप्त शक्ति शरिरबाट बाहिर निस्किन पाउँदैन र शक्ति दिमाग तिर जान थाल्छ ।

अवस्था ३: कौस्मिक सौर्य शक्ति ब्रतालुहरुको आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्छ ।

अवस्था ४: पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थी सक्रिय भइहाल्छ ।

अवस्था ५: कौस्मिक सौर्य शक्ति विभिन्न स्पाइन र न्युरोनको माध्यमले शरिरको विभिन्न भागमा जान्छ र ब्रतालुको शरिर कौस्मिक पावर हाउसमा परिवर्तित भइहाल्छ, जसका कारण शरिरका सबै निस्क्रिय तन्तु फेरी सक्रिय भइहाल्छ । यसलाई योगको भाषामा कुन्दालिनी शक्ति भनिन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवस्था ६: ब्रतालुको शरिर एउटा चैनल (बाटो) बन्न जान्छ जसबाट शक्ति उत्पादन भई विभिन्न माध्यम र रुपमा फेरी ब्रहमाण्डमा नै सञ्चार हुन्छ र यो क्रम जारी रहन्छ ।

छठको बिज्ञान: मान्छेको शरिर एउटा शक्ति सञ्चारको बाटो हो त्यसैले सौर्य जैविक विधुत मान्छेको शरिरमा सञ्चार हुन थाल्छ जब शरिर कुनै खास समयको र कुनै खास वेभलेन्थको सौर्य किरणमा पर्छ । कुनै खास शारिरीक र मानसिक अवस्थामा शरिरको सौर्य जैविक विधुत प्राप्त गर्ने र शरिरमा प्रवाह हुने क्षमता बढ्न जान्छ । छठ प्रक्रिया र मान्यताको प्रमुख उदेश्य दिमाग र शरिरको विभिन्न भागमा कौस्मिक सौर्य शक्ति प्रवाह गर्नु हो । रेटिना एउटा प्रकाश प्राप्त गर्ने आँखाको भाग हो जुन घामको उज्यालोमा हुदा शक्ति प्राप्त गर्छ, अर्थात जब आँखा घामको उज्यालोमा पर्छ, तब विधुत शक्ति रेटिना र पिनियल ग्रन्थीलाई जोड्ने नशा भएर रेटिनाको माध्यमबाट पिनियल ग्रन्थीमा जान्छ जसको कारणले ग्रन्थी सक्रिय भइहाल्छ । पिनियल ग्रन्थी, पिट्युटरी र हाइपोथालामस ग्रन्थीको धेरै नजिक हुन्छ (यी तिनवटै ग्रन्थीलाई त्रिवेणी पनि भनिन्छ ) जसको कारणले उत्पादित शक्तिको प्रभाव यी तिनवटै ग्रन्थी माथि पर्छ । यी तिनवटै ग्रन्थी सक्रिय भएकै कारणले राम्रो स्वास्थ्य र शान्त दिमाग प्राप्त हुन्छ । छठ पर्व गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । छठको विभिन्न मान्यता र प्रक्रिया पुरा गर्दा सूर्यको सुरक्षित किरिण विभिन्न चर्म रोग जस्तै घाव, दिनाँय, हगुहट र कुष्टरोग जस्ता रोगलाई निको पार्न मद्दत गर्छ । सौर्य शक्तिको प्रभाव ग्रन्थीहरु माथि पर्दा सन्तुलित हरमोनको उत्पादन हुन्छ ।

छठ पर्वको समाजिक महत्व: छठ पर्वमा कुनै पनि धमर्, जात, लिगं, वर्णको छेकवार हुदैन, कुनै पनि ब्यक्ति आफ्नो आस्था राखी छठ पर्व मनाउन सक्छ । त्यसैले यो पर्व संसार मै समाजिक सदभावको अद्वितिय नमूना हो । संसार प्रगति पथमा लम्किरहेको बेला यो पर्वमा अस्ताउदो सूर्यलाई अर्घ दिनुले हामीले आफ्नो बुढा–पाखाहरुलाई पहिले सम्मान गर्नु पर्छ भनी संदेश बोकेको हुन्छ । हाम्रो समाजमा बिना पुरोहित कुनै पर्व शुद्ध नहुने मान्यताका बीच छठ एउटा यस्तो पर्व हो जसमा कुनै पण्डित पुरोहितको आवश्यक्ता पर्दैन, समाजका प्रत्येक वर्ग तथा जातका व्यक्तिले यो पर्व आफू स्वयम्ले सम्पन्न गर्न सक्छ । यो पर्व प्रतिको आस्था यति सम्म पनि छ कि मुस्लिम समुदायले पनि यो पर्व गरेको पाइन्छ अथवा कही–कही आफू ब्रत नबसी भाखल गरे बमोजिम अरुलाई अर्घ दिन लगाएको वा प्रसाद बाट्न लगाएको पाइन्छ । यो पर्वको अर्को समाजिक महत्व के छ भने मधेशी समुदायमा कथित सब भन्दा तल्लो जातको दर्जा दिइएको डोम, हलखोर जातले बनाएको दउरा, सुपुली, नाङलो, डलियामा नै सबै प्रसाद राखेर अर्घ दिइन्छ र कुम्हालले बनाएको माटोको भाड़ो जस्तै दियो, ढकनी, तथा माटाका विभिन्न आकृतिलाई कोशीमा प्रयोग गरिन्छ । यसले के प्रमाणित गर्दछ भने हाम्रो समाजमा सबै पेशाक्रमीको उतिक्कै आवश्यक्ता छ, सबै समाजका अंग हुन र सबैजनाको समाज विकास र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान छ । छठमा के कथित तल्लो जात के ठुला भनाउँदा जात, के धनी के गरिब सबै मिली घाट सजाउनु, एकै ठाउँमा सँगै बसी ब्रत गर्नु र यहाँ सम्म कि कुलिन भनाउँदाहरु प्नि आँचल या हाथ थापेर अछुत भनी तिरस्कार गरिएकाहरु बाट समेत प्रसाद मागी ग्रहण गर्न पाउँदा आफुलाई धन्य ठान्नुले के प्रमाणित गर्छ भने यो पर्वले वास्तवमा नै समाजिक छुवाछुत र भेदभावको बारलाई भत्काएको छ । वंशहिन दम्पतिले यो पर्व निष्ठा पूर्वक गरेमा पुत्र–पुत्री प्राप्त हुन्छ भनी मान्यता छ र छठ पर्व एउटा यस्तो पर्व हो जसमा छोरी प्राप्तिको लागि स्तुति गरिन्छ । भोजपुरीमा छठको एउटा लोकगीत छ ‘रुनकी–झुनकी धीया एक मांगीला, मांगीला पढ़ल पंडित दमाद हे छठी मइया....’ । यस गीतले छोरीको कामना सँगै सुशिक्षित समाजको पनि परिकल्पना गरेको पाइन्छ ।

(लेखक परिचय: लेखक अस्तित्व अधिवक्ता हुनुका साथै पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल माइक्रोबायलोजीका सहायक प्रध्यापक पनि हुन ।)

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु
कालीमाटीमा मटरकोसा प्रतिकिलो १३०, ड्रागन फ्रुट ५०० रुपैयाँ
सम्बन्धित सामग्री
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु संसारका लगभग सबै संस्कृतिमा सूर्य उपासनाको महत्वपूर्ण स्थान रहि आएको छ तर भारत र नेपालको भोजपुरी र मैथिली भाषी क्षेत्रमा सूर्य उपासन... आइतबार, कात्तिक २९, २०८३
विश्वव्यापी बन्दै छठ पर्व छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महत्वले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भाव... आइतबार, कात्तिक २९, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? हिजो प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनुपर्ने अवस्थामा पुर्‍याए... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने आइतबार, कात्तिक २९, २०८३
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आइतबार, कात्तिक २९, २०८३
कालीमाटीमा मटरकोसा प्रतिकिलो १३०, ड्रागन फ्रुट ५०० रुपैयाँ आइतबार, कात्तिक २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही आइतबार, कात्तिक २९, २०८३
विश्वव्यापी बन्दै छठ पर्व आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्