काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो।
दुर्घटनामा २५ जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।