धरान। गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आयोजक स्वर्णिम क्लबका खेलाडी सजिना स्याङ्ताङले खेलको १३औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले खेलको ६३औं र इन्जुरी समयको ९१औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै समीक्षा मगरले खेलको ३७औं र ८६औं मिनेटमा थप दुई गोल गरेपछि स्वर्णिम ५–० गोलअन्तरले विजयी भएको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।