काठमाडौं– काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमा मंगलबारदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लागू भएको छ । ऐन कार्यान्वयनसँगै जथाभाबी पशु वध गर्न र मासु बिक्री गर्न पाइने छैन ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठका अनुसार ऐन जारी भएको २८ वर्षपछि पहिलो चरणमा काठमाडौँ, ललितपुर र भक्तपुरका २१ स्थानीय तहमा कार्यान्वयन सुरु गरिएको हो ।
सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यही कार्यतालिका अनुसार पहिलो चरणमा उपत्यकाका तीन जिल्लाबाट कार्यान्वयन थालिएको हो ।
पशु वध र मासु बिक्री व्यवस्थित हुँदा अस्वस्थ मासु उपभोक्तासम्म पुग्ने क्रम रोकिने अपेक्षा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।