काठमाडौं– नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
सुनको मूल्य १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० पुगेको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।