• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर

डा शम्भु खनाल आइतबार, मंसिर १४, २०८२  ०५:३२
1140x725

स्पन्दनको पनि अनुभूति नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ ।

एक जना ६७ वर्षीय बाजे हिँड्ने बेला छाती दुख्ने र असहज हुने भन्दै ओपीडी कक्षमा आउँछन्। उनी टुसुक्क कुर्सीमा बस्छन्। जीवितै हुँदा आफ्नो लागि अस्पताल पाइला टेकको यो पहिलो पटक हो भनी सुनाउँछन्। केही जाँचहरू गरेपछि मुटुको नसाहरू हेर्नुपर्ने व्यहोरा बुझाउँछु। कोरोनरी एन्जिओग्राफीको प्रक्रिया विस्तारमा बताउँछु।

उनी ध्यान दिएर सुन्छन् र अचानक सपाट भन्छन्- 'पहिले को त्यस्तो वीर डाक्टर जन्मेको रहेछ, मुटुमै तार पुर्याइदिने?'

म एक क्षण सोच्न थाल्छु। मलाई इतिहासको गर्भमा पुग्न मन लाग्छ।

सन् १९२९ तिरको कुरा हो। जर्मनीमा हिटलरको उदय शुरू हुँदै थियो। चरम बेरोजगारी र सामाजिक अस्थिरताले इतिहासकै एक खलपात्र जन्माइरहेको समय थियो। हिटलरको नरसंहार घृणा र असहिष्णुताबाट जन्मिएको एउटा दुषित परिणाम थियो।

तर सोही समय, बर्लिन नजिकैको एक अस्पतालको करिडोरमा एक जना चिकित्सक मनुष्यको मुटुबारे सोचमग्न हुँदै हिंडिरहेका थिए। उनी आइन्स्टाइनजति चर्चित त होइनन्, तर मुटुजस्तो निरन्तर चलायमान अंगमा अनुसन्धान गर्ने हिम्मत बटुलेका एक साहसी व्यक्ति अवश्य हुन्।

उनी विश्वास राख्थे, यदि औषधि क्याथेटरमार्फत सिधै मुटुभित्र पुर्‍याउन सकियो भने उपचार अझ प्रभावकारी हुन सक्छ। आजको वैज्ञानिक परिप्रेक्ष्यबाट त्यो समयको अवस्था कल्पना गर्दा अचम्म लाग्छ-मुटुलाई छुन खोज्दा नै रोकिएर बस्ने युग थियो त्यो।

त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान ।

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई हातका नसाबाट क्याथेटर छिराएर मुटुको दाहिने भागसम्म पुग्न सकिन्छ भन्ने 'मूर्ख' विचारले पछ्याइरहन्थ्यो। क्याथेटरप्रतिको मोह यति गहिरो थियो कि उनी धेरैजसो समय प्रयोग र अभ्यासमै बिताउँथे।

सिनियरहरूले यो कुरामा हाँसो उडाउँथे। विभाग प्रमुखले समेत यस्तो 'मूर्खता' त्याग्न चेतावनी दिएका थिए। तर फ्रसम्यान अडिग रहे। उनले गोप्य रूपमा आफ्नो प्रयास जारी राखे।

तर साथ दिन कोही थिएन। अन्ततः उनले एक नर्सलाई आफ्नो योजना सुनाए र समझाए। सुरुमा नर्सले यस्तो जोखिमपूर्ण काम अस्वीकारिन्, तर फ्रसम्यानले खतरा हुँदैन भनेर आश्वस्त पार्दा उनी राजी भइन्। शर्त भनेको, अनुसन्धान नर्समाथि गर्नुपर्ने।

तर नर्स सुत्ने बित्तिकै फ्रसम्यानले उनलाई टेबलमा बाँधिदिए। र आफ्नै बायाँ हातको कुहिनाअगाडिको नसाबाट ६५ सेन्टिमिटर लामो, पिसाब नलीमा प्रयोग हुने क्याथेटर छिराउन थाले। लगभग तीस सेन्टिमिटर पुगेपछि नर्सलाई खोलेर एक्स–रे कक्षतिर दौडिए।

एक्स–रेमार्फत क्याथेटर कुम नजिक पुगेको देखेपछि उनले तस्बिर हेर्दै क्याथेटरलाई मुटुसम्म पुर्‍याए।
इतिहासमै पहिलो पटक मान्छेको मुटुसम्म क्याथेटर पुर्‍याउने दुस्साहसमा उनी सफल भए।

उनीहरूले यो अनुसन्धान जर्नलमा प्रकाशित पनि गरे, तर प्रतिक्रिया भने आलोचनामात्र आयो।

उनको काम कसैलाई पचेन। विभागबाट निकालिए। धेरै वर्षसम्म जागिरकै लागि हण्डर खानुपर्‍यो। कहिले सर्जरी, कहिले युरोलोजी विभाग- कुनै पनि ठाउँमा उनलाई स्वतन्त्र रूपमा काम गर्न सहज वातावरण दिइएन। सायद, नवीन प्रयोग गर्नेहरू प्रायः जीवनमै हण्डर खान बाध्य हुन्छन्।

उनको १९२९ को लेख १२ वर्षपछि दुई जना पल्मोनोलोजिस्ट (Cournand र Dickinson Richards) ले पढे। उनीहरूलाई प्रयोग अघि बढाउने उत्साह जाग्यो र अन्ततः सफल भए।

उनीहरूले मुटुको कोठाहरूको प्रेसर मापन गरे, र १९५६ मा फ्रसम्यानसहित ती तीनै जनालाई नोबेल पुरस्कार प्रदान गरियो।

ढिलो भए पनि फ्रसम्यानको दुस्साहसले सम्मान पायो। र कार्डिओलोजीको भविष्य बदल्ने ढोका खोलिदियो। आत्म-अनुभवमै आधारित त्यो साहसिक प्रयोगले आधुनिक हृदय–चिकित्साको आयाम नै बदलिदियो। घतलाग्दो कुरा त के भने, मुटुसम्म तार पुर्याउने प्रविधिको मूल बीउ राख्ने व्यक्ति २५ वर्षका एक युवा सर्जन थिए।

उही
इतिहास खोतल्ने दुस्साहस।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ०५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
प्रतिनिधिसभाको बैठक बस्दै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
सम्बन्धित सामग्री
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै शुक्रबार, भदौ २६, २०८३
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्