काठमाडौं– चितवनबाट अपहरणमा परेका एक बालकको काठमाडौंमा सकुशल उद्धार गरिएको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ नारायणगढबाट १६ वर्षीय बालकको अपहरण गरिएको थियो । पाँच/६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए ।
उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा ल्याएका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।