• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ७, २०८२  ०७:५०
1140x725

जब बच्चाहरू चकचक गर्छन्, खाना खान मान्दैनन् वा सुत्न इन्कार गर्छन्, आमाहरूले प्रायः मजाकमा भन्छन्- 'यी बच्चाहरूले त मेरो उमेर नै घटाइदिन्छन्।'

एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ।

ऐतिहासिक कागजातहरूको विश्लेषणबाट थाहा भयो कि केही महिलाहरूको उमेर हरेक बच्चा जन्मसँगै झन्डै छ महिनासम्म घटिरहेको थियो। सबैभन्दा कठिन परिस्थितिमा बाँच्ने महिलाहरूमा यसको प्रभाव झनै गहिरो देखियो।

क्रमिक विकास (इभोल्युसन) अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले ‘प्यारिस रेकर्ड’ अर्थात् जन्म–मृत्यु सम्बन्धी पुराना अभिलेखहरूको अध्ययन गरे।

यी अभिलेखहरूमा १८६६ देखि १८६८ सम्म फिनल्यान्डमा परेको भीषण दुर्भिक्ष (अकाल) का बेला बाँचिरहेका ४,६८४ महिलाहरूको विवरण थियो। अध्ययनका प्रमुख शोधकर्ता, नेदरल्याण्ड्सको ग्रोनिङ्गेन विश्वविद्यालयका डा. यूअन यङ भन्छन्, 'यो युरोपको इतिहासकै सबैभन्दा गम्भीर अकालमध्ये एक थियो।'

डा. यङ र उनकी टोली (प्रोफेसर हन्ना डगडेल, प्रोफेसर विरपी लुम्मा र डा. एरिक पोस्ट्मा)ले पत्ता लगाए कि अकालको समयमा आमा बनेका महिलाहरूको जीवन–आयु हरेक बच्चाको जन्मसँगै लगभग छ महिना घटेको थियो। उनीहरूले अनुमान गर्छन् कि महिलाहरूले आफ्नो शरीरका कोषहरूको मर्मत–सम्भारमा ऊर्जा खर्च गर्नुभन्दा प्रजननमा बढी ऊर्जा लगाउनुपर्दा पछि रोगको जोखिम बढ्यो।

तर अकालभन्दा अघि वा पछि आमा बनेका महिलामा यस्तो असर देखिएको पाएन।

डा. यङ भन्छन्, 'हामीले यस्तो दुविधा केवल ती महिलामा मात्र देख्यौँ, जो दुर्भिक्षको समयमा प्रजनन–उमेरमा थिइन्।'

Ncell 2
Ncell 2
nimb
nimb

यसले देखाउँछ कि महिलाहरू बच्चा जन्माउने समय–अवधिमा जहाँ बस्थे, त्यही वातावरण अत्यन्त महत्वपूर्ण कारक थियो। तर किन?

एक सम्भावना यो कि कठिन परिस्थितिमा बच्चा जन्माउनुका दीर्घकालीन स्वास्थ्य प्रभावहरू झनै गम्भीर बन्छन्।

पहिल्यैदेखि थाहा भएकै कुरा हो कि आमा बन्ने महिलामा मुटु तथा मेटाबोलिक रोगको जोखिम बढी हुन्छ- जसको कारण तौल बढ्नु र शारीरिक तनाव हो।

डा. यङ भन्छन्, 'अर्को सम्भावना यो पनि हो कि गर्भावस्था, स्तनपान र बच्चा पालन–पोषणका कारण शरीरबाट आवश्यक पोषक तत्व झनै कमी हुन्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गर्भावस्था र स्तनपानका लागि धेरै ऊर्जा चाहिन्छ। अकालका बेला महिलासँग आफैँलाई स्वस्थ राख्नुपर्ने ऊर्जा झनै कम बचेको हुनसक्छ, जसले दीर्घकालमा रोगसँग लड्ने क्षमता घटाउँछ।

डा. यङ थप्छन्, 'ती समुदायमा महिलाले धेरै बच्चा जन्माउने चलन थियो र प्रसूति बीचमा आराम वा शरीरलाई ठीक हुन पाउने समय कम थियो। यस्तो अवस्थामा स्वास्थ्यमा पर्ने असर एकअर्कालाई थपेर झनै गम्भीर हुन सक्छ।'

तर उनी भन्छन्, यो अध्ययन ऐतिहासिक डाटाको आधारमा भएकाले पूर्ण निश्चित हुन अझ धेरै अनुसन्धान आवश्यक छ।

सन्तान र जीवन–आयुको ‘सन्तुलन’

अनुसन्धानमा देखियो कि धेरै बच्चा भएका महिलामा प्रभाव स्पष्ट देखिए पनि सबैमा समान थिएन।

डा. यङ भन्छन्, 'यहाँ दुई कुरा लागू हुन्छन्- ठूलो परिवार र अकाल जस्ता अत्यन्त कठिन परिस्थितिहरू।'

विज्ञहरू धेरै वर्षदेखि छलफल गर्दै आएका छन्- किन कतिपय प्रजाति (जस्तै मुसा, किरा) धेरै सन्तान जन्माउँछन् र कम बाँच्ने गर्छन्, जबकि हात्ती वा मानव जस्ता प्रजाति कम बच्चा जन्माउँछन् तर धेरै बाँच्छन्?

एक प्रमुख सिद्धान्त अनुसार, शरीरले कोष–मर्मतबाट ऊर्जा हटाएर प्रजननमा लगाउँदा उमेर छिटो बढ्छ।

के आधुनिक महिलामा पनि यस्तो असर देखिन्छ?

२०२३ मा सूडानकी महिलाले औसत ४.३२ बच्चा जन्माइन्- र त्यसैपछि देशका केही भागमा अकाल घोषित भएको थियो।

तर के २०० वर्षपहिलेका तथ्य आजका महिलामा पनि लागू हुन्छन्?

डा. यङ भन्छन्, 'त्यो समयको स्वास्थ्य सेवा निकै कमजोर थियो, र महिलाले औसत चार (पाँच बच्चा जन्माउने गर्थे) आजभन्दा धेरै।'

१८०० पछिदेखि विश्वभर जन्मदर तीव्र गतिमा घटेको छ। २०२३ मा औसत जन्मदर प्रति महिला दुईभन्दा अलि बढी मात्र थियो, शिक्षा, रोजगारी, गर्भनिरोधक पहुँच र बाल–मृत्यु दर घटेको कारण।

तर नाइजर, चाड, सोमालिया, दक्षिण–सूडान जस्ता देशमा महिलाले अझै चार वा बढी बच्चा जन्माउने गरेको पाइन्छ।

डा. यङ भन्छन्, अझ धेरै प्रमाण आवश्यक छ, तर संसारका केही क्षेत्रमा यस अध्ययनका नतिजा आज पनि मिल्न सक्छन्।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौती
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने
`हिंसा गर्नेहरू डराउने समाज बनाऔँ`
सम्बन्धित सामग्री
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ महिलामाथि हुने हिंसा कुनै व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई समाजमा विद्यमान असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, लैङ्गिक वि... बुधबार, मंसिर ९, २०८३
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण ए... बुधबार, मंसिर ९, २०८३
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौती बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
`हिंसा गर्नेहरू डराउने समाज बनाऔँ` बुधबार, मंसिर ९, २०८३
बंगलादेश सरकारले भन्याे - शेख हसिना जहाँ गए पनि पक्राउ बुधबार, मंसिर ९, २०८३
एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्