काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ टिम बनाएका छन् ।
भारत भ्रमणका क्रममा आफ्नो मन्त्रिपरिषद्का दुई सदस्य अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै जहाजमा उभिएको फोटो फेसबुक पेजमा पोस्ट गर्दै उनले नयाँ टिम बनाएको संकेत दिएका छन् ।
उनले फोटोको क्याप्सनमा लेखेका छन्, ‘देश उभो लाउने टोली । निकै मेहनती मान्छेहरू ।’
प्रधानमन्त्री बालेनले यसअघि गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेका थिए ।
भारत भ्रमणका क्रममा खिचिएको पछिल्लो फोटोले उनले आफ्नो टिम फेरबदल गरेका हुन् वा विस्तार गरेका हुन् भन्ने जिज्ञासा पैदा गरेको छ । यसको जवाफ बालेन स्वयंले नदिएसम्म यो जिज्ञासा कायम रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।