काठमाडौं — धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गल्छी बजारस्थित पृथ्वी राजमार्गमा सोमबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिकाका बरुण प्रसाद भट्ट घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।